एमाले देवदह अध्यक्षद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमाले देवदह अध्यक्षद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारी घोषणा



नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् ।

देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे ।

२०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।