नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला आज देखि पोखरामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला आज देखि पोखरामा



नेकपा एमालेको जनवर्गीय सङ्गठनहरूको राष्ट्रिय भेला एवम् प्रशिक्षण आज देखि पोखरामा सुरु हुँदैछ । भेलाको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म चल्ने सम्म चल्ने भेलामा संविधान कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिवहरू पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रशिक्षण दिने कार्यक्रम छ ।

भेलामा प्रेस चौतारी, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, किसान महासङ्घ, जिफन्ट लगायतका विभिन्न २२ वटा एमाले आबद्ध घटक सङ्ठनका झण्डै ३ सय ५० जना पदाधिकारीको सहभागिता रहने एमालेले जनाएको छ ।