प्रहरीभन्दा पहिले कसरी भयो भिडियो सार्वजनिक ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरीभन्दा पहिले कसरी भयो भिडियो सार्वजनिक ?



काठमाडौ । पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमाथी नै प्रश्न उठ्न थालेको छ । मृत्युअघि रेकर्ड गरिएको भिडियोमा ९ औं मिनेटमा ‘किन’ भन्ने अर्काे ब्यक्तिको आवाज सुनिनु । भिडियो इडिटिङ गरिनु र प्रहरीभन्दा पहिले भिडियो सार्वजनिक हुनलाई रहस्यमयरुपमा हेर्न थालिएको छ ।

पुडासैनीले आत्महत्या गर्नुभन्दा केही समयअघि भिडियो रेकर्ड गरेका बताइएको छ । तर आत्महत्या गरेको ठाउँमा प्रहरी पुगेको छ । प्रहरीलाई थाहा नै नदिई त्यो भिडियो कसरी बाहिरियो ? यतिबेला यस बिषयले पनि चर्चा पाएको छ । पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेका थिए । उनको हत्या हो की आत्महत्या हो त्यो भने प्रहरी अनुसन्धानमै छ । तर भिडियोमा आफुलाई मर्न रवि लामिछानेसहित तीन जनाले बाध्य बनाएको बताएका छन् ।

भिडियो रेकर्डकै आधारमा प्रहरीले छानविनका लागि रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि चितवन प्रहरी हिरासतमा लिएको छ । तर भिडियोमा ब्यक्तभएका केही कुराहरु भने छानविन गर्न लायक छन् । प्रहरीको हातमा पर्नुभन्दा पहिले भिडियो कसरी बाहिरियो ? उनले रवि लामिछानेसँग न्यूज २४ मा जागिर खान जानुभन्दा अघि मासिक डेढ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन् । मासिक डेढ लाख आम्दानी गर्ने ब्यक्ति १५ हजार तलव खान न्यूज २४ मा कसरी गए ?

उनले फाइनान्सबाट लिएको रकम तिर्न नसकेका कारण आफु निकै ठुलो समस्यामा परेको भन्दै निकै भावुकरुपमा आँशु खसालेका छन् । तर अन्तिममा आफुले डेढ करोडभन्दा बढीको सम्पति जम्मा गरेको भन्दै पत्नीलाई आफ्नो नाममा गर्न र दाईभाईलाई नदिन सुझाव दिएका छन् । फाइनान्सको रकम तिर्न नसकेको ठुलो पिडा सुनाएका पुडासैनीसँग कसरी डेढ करोडको सम्पति जम्मा भयो भन्दै सामाजिक सञ्जालमा एकथरीले प्रश्न गरिरहेका छन् ।

भिडियो इडिट कसले र किन गरयो ? प्रहरीभन्दा पहिले भिडियो मिडियामा कसरी आयो ? यस्तै केही प्रश्नहरु उठ्न थालेका छन् ।