भिरबाट लडेर महिलाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भिरबाट लडेर महिलाको मृत्यु



हिमाल पोष्ट / बैतडी, ८ मङ्सिर ।

घाँस काट्ने क्रममा भिरबाट लडेर आज दार्चुलामा एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा सितोला–२ तल्लागाँउका शङ्करसिंह बोहराकी २४ वर्षीया श्रीमती कमला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

 घर नजिकै रहेको परौजाड भिरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै ज्यान गएको हो । यसअघि मङ्सिर ३ गतेपनि दार्चुलाको इयरकोट–६ की ४६ वर्षीया गीता डडालको स्थानीय सुगरखाल भिरमा खर काट्ने क्रममा लडेर मृत्यु भएको थियो ।