वार्नरले तोडे कोहलीको कीर्तिमान: बनाए आइपिएलमा नयाँ इतिहास - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

वार्नरले तोडे कोहलीको कीर्तिमान: बनाए आइपिएलमा नयाँ इतिहास



एजेन्सी– सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् ।

वार्नरले आइतबार कोलकाता नाइट राइडर्सविरुद्ध ४७ रनको अविजित महत्वपूर्ण इनिङ खेल्नेक्रममा आइपिएल करिअरको ५ हजार रन पूरा गरेका थिए । प्याट कमिन्सको १४ औं ओभरको दोस्रो बलमा वार्नरले एक रन बटुल्दै ५ हजार रन पूरा गर्दै इतिहास रचेका थिए ।

वार्नर आइपिएलमा ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन् । यसअघि यस सफलता भारतका तीन ब्याट्सम्यानले मात्र हात पारेका थिए । वार्नरले अन्य तीन खेलाडीले भन्दा ५ हजार रन सर्वाधिक छिटो (कम खेल) पूरा गरेका छन् ।

यसक्रममा वार्नरले कोहलीले कीर्तिमान तोडेका छन् । वार्नरले १ सय ३५ खेलमा यस उपलब्धी हात पारेका हुन् । जुन विराट कोहली भन्दा २२ खेल कम हो । कोहलीले १ सय ५७ खेलमा यस उपलब्धी हात पारेका थिए । चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनाले १ सय ७३ र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले १ सय ८७ खेलमा आइपिएलमा पाँच हजार रन पूरा गरेका थिए ।

कोहलीले १ सय ८६ खेलमा ५ हजार ७ सय ५९ रनका साथ शीर्षस्थानमा छन् । दोस्रो स्थानमा रहेका रैनाले १ सय ९३ खेलमा ५ हजार ३ हजार ६८ रन बनाएका छैनन् । यस सिजन रैना पारिवारिक कारण आइपिएल खेलेका छैनन् ।

रोहित शर्माले १ सय ९७ खेलमा ५ हजार १ सय ५८ रन बनाएका छन् । वार्नरले १ सय ३५ खेलमा ५ हजार ३७ रन बनाएका छन् । यी चार खेलाडी बाहेक दिल्लीका ओपनर शिखर धवन पाँच हजार रन नजित छन् । धवनलाई यस सफलता हात पार्न ६२ रन आवश्यक रहेको छ ।