विश्वकप विवादमा : चौतर्फी आलोचना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकप विवादमा : चौतर्फी आलोचना



हिमालपोस्ट/काठमाडौँ

(एजेन्सी)

अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धाबीच न्युजिल्यान्डलाई हराउँदै इङ्ग्ल्यान्डले पहिलो पटक क्रिकेट वर्ल्डकपको उपाधि उचाल्यो।

फाइनलमा अनेकौँ तिगडम लगाएर खेल त इङ्ग्ल्यान्डले जित्यो, तर संसारभरबाट प्रसंशा भने न्युजिल्यान्डको भइरहेको छ। सँगसँगै विजेता घोषणाको आधारको आलोचना पनि भइरहेको छ।

जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिसको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराए। दर्शकको नजर यी दुवै खेलमा थियो।

वर्ल्डकप क्रिकेटको फाइनल प्रतिस्पर्धा सकिनासाथ बिभिन्न प्रतिक्रियाहरू सार्वजनिक हुन थाले। यसबीचमा विम्बल्डनले आईसीसीलाई उल्लेख गर्दै एक रोचक ट्वीट गर्यो। ट्वीटमा लेखिएको थियो- ‘हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्छौ ?’

त्यसपछि क्रिकेट वर्ल्ड कपको ट्वीट आयो। त्यसमा इङ्ग्ल्यान्ड च्याम्पियन भएको उल्लेख थियो। साथै थप के पनि लेखिएको थियो भने- ‘एक विजेता, तर दुई च्याम्पियन।’

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इङ्ग्ल्यान्डलाई बधाइ दिइन्।

तर, भारतका पूर्वक्रिकेटर गौतम गाम्भीरको प्रतिक्रिया भने अलग थियो। उनले विजेता घोषणा गर्ने आधारको आलोचना गरे। इङ्ग्ल्यान्डलाई धेरै बाउन्ड्री हानेको आधारमा विजेता घोषणा गरिएको थियो।

त्यसको विरोध गर्दै गाम्भिरले भने- खेलको विजेताको फैसला सबैभन्दा धेरै बाउन्ड्री हान्ने आधारमा भयो, आईसीसीको यो बेतुकको नियम हो। खेल बराबरी हुनुपर्थ्यो। म दुवै टिमलाई बधाइ दिन्छु, जसले राम्रो खेल खेले। विजेता दुवै हुन्।’

भारतकै अर्का पूर्वक्रिकेटर युवराज सिंहले पनि ट्वीट गरेर बाउन्ड्री धेरै हानेको आधारमा विजेता घोषणा गर्ने नियमप्रति असहमति जनाए। उनले लेखेका छन्, ‘म यो नियमसँग सहमत छैन। तर नियम त नियम नै हो। इङ्ग्ल्यान्डलाई बधाइ छ। मेरो सहानुभूति न्युजिल्यान्डसँग छ। उसले अन्तिमसम्म राम्रो खेल्यो।’

यसैगरी भारतका विरेन्द्र सेहवागले न्युजिल्यान्डले भारतका धेरै प्रशंसक बनाएको प्रतिक्रिया दिएका छन्।