कोरोना महामारी तत्काल अन्त्य नहुने डब्लुएचओको चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोना महामारी तत्काल अन्त्य नहुने डब्लुएचओको चेतावनी



एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना महामारी तत्काल अन्त्य नहुने जनाएको छ । कोरोना खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको भन्दै डब्ल्युएचओले यस्तो बताएको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको बताएका छन् ।

भाइरसको नयाँ भेरियन्ट, कमजोर स्वास्थ्य प्रणाली, सार्वजनिक स्वास्थ्यका उपाय अवलम्वनमा ढिलाइ, अक्सिजनको अभाव र खोपको अभावमा संक्रमणको जोखिम नाटकीय रुपमा वृद्धि भएको उनको भनाई छ । कोरोना महामारीको अन्त्य तत्काल नहुने समेत उनले दाबी गरे ।

कोरोना नियन्त्रणमा लिन सफल भएका देशमा पनि अहिले संक्रमण पुष्टि हुने, अस्पतालमा बिरामी भर्ना र मृत्युको संख्या नाटकीय रुपमा वृद्धि भएको उनले जानकारी दिए ।

संगठन प्रमुख टेड्रोसले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताउँदै आएका छन् ।