विश्व स्वास्थ्य संगठनमाथि ट्रम्पले लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

विश्व स्वास्थ्य संगठनमाथि ट्रम्पले लगाए गम्भीर आरोप



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपूतली’ बनेको आरोप लगाएका छन् ।

डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो । ट्रम्पले डब्लुएचओले निकै खराब सुझाव दिएको आरोप पनि लगाए ।

उनले भनेका छन्, ‘डब्लुएचओले हामीलाई अति खराब र डरलाग्दा सुझाव दियो । उ जहिले पनि गलत रह्यो र चीनको मात्रै पक्ष लियो ।’

डब्लुएचओको ७३ औँ वार्षिक स्वास्थ्य सम्मेलनमा ट्रम्प आफै भने सहभागी भएका छैनन् । अमेरिकाको तर्फबाट स्वास्थ्य मन्त्री भिडियो मार्फत सहभागी भए ।

उनले डब्लुएचओले कोरोना भाइरसको संकटको गलत व्यवस्थापन गरेको आरोप लगाए । सोही कारण धेरै व्यक्तिको ज्यान गएको अमेरिकी स्वास्थ्य मन्त्रीले आरोप लगाएका छन् ।

अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कामका अपर्याप्त रहेको भन्दै ट्रम्प आफै आलोचनाको केन्द्रमा रहँदै आएका छन् । तर उनले लगातार डब्लुएचओ माथि आक्रमण गर्दै आएका छन् ।

डब्लुएचओले चीनमाथि आवश्यक भन्दा बढी विश्वास गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । चीनले कोरोना भाइरसको महामारीको सुरुवात ढाकछोप गरेको उनले आरोप लगाएका छन् ।

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्का गरिसकेको छ । यस्तै डब्लुएचओले कोरोना भाइरसको महामारी नियन्त्रणमा गरेको प्रयासका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

डब्लुएचओको वार्षिक बैठकको सुरुवातमा सोमबार चीनका राष्ट्रपति सी जिनपिङले चीन जहिले पनि खुला र पारदर्शी रहेको बताए । महामारीपछि कुनै पनि किसिमको अनुसन्धानका लागि तयार रहेको पनि बताए ।