कोरोना सङ्क्रमण: विश्व स्वास्थ्य संगठन नै आत्तियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कोरोना सङ्क्रमण: विश्व स्वास्थ्य संगठन नै आत्तियो



काठमाडौं- अहिले विश्वभर फैलिरहेको कोरोना संक्रमणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आत्तिएको छ।

उसले यो संक्रमणले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको बताएको हो।

कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व अनुमान गर्नै नसकिने ठाउँ (अन्चार्टर्ड टेरटरी) बनेको डब्ल्यूएचओले जनाएको हाे।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना एकदमै अचम्म खालको भाइरस भएको बताएका छन्।

तर यसलाई उपयुक्त उपाय अवलम्बन गरेर नियन्त्रण गर्न सकिने पनि उनले बताएका छन्।

विश्वभर कोरोनाका कारण ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेकाे छ। मृत्यु हुनेमा धेरै चीनका छन्। चीनको उहान कोरोना भाइरसको उद्गमस्थल हो।

तर केही दिनयता चीनभन्दा बाहिर यसको संक्रमण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ।

चीनबाहिर सबैभन्दा धेरै संक्रमण फैलिएका देशमध्ये इटलीमा सोमबार काेराेनाका कारण मर्नेकाे संख्या ५२ पुगेको छ।

कोभिड-१९ अर्थात् काेराेना भाइरसविरुद्ध संघर्ष गर्न सबैलाई एउटै उपायले काम नगर्ने भन्दै डा‍. गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्था विचार गरेर राेकथाममा लाग्न सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ।’