अाज विश्व धुम्रपान रहित दिवस् - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अाज विश्व धुम्रपान रहित दिवस्



काठमाण्डौं, जेठ १७ ।

आज मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष ‘सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौ’ भन्ने नारा तय गरिएको छ ।

दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रमका साथै सुर्तिजन्य पदार्थले मानव स्वास्थ्ययमा पर्ने असरका बारेमा भन्ने नाराका साथ विश्व धुमपान रहीत दिवस मनाईंदैछ । सूर्तीजन्य पदार्थका कारण हुने स्वास्थ्य समस्या प्रति जनचेतना जगाउनुका साथै यसको खपत कम गर्न प्रभावकारी नीतिको वकालत स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघ सस्थाले अन्तक्रिया, गोष्टि तथा सेमिनारको आयोजना गरेका छन् ।

विश्व स्वास्थ्य सभाले सन् १९८७ देखि सूर्तीजन्य पदार्थको जोखिमका विषयमा विश्वव्यापी ध्यान केन्दि्रत गर्न सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने निर्णय गरेयता विश्वव्यापी रुपमा यो दिवस मनाईंदै आएको छ । यो दिवसले सूर्तीजन्य उद्योगहरुका गलत र हानीकारक रणनीतिका बारेमा नीति निर्माता र आम नागरिकलाई शिक्षित गर्ने उद्धेश्य लिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनले सूर्तीजन्य पदार्थको जोखिम नियन्त्रणका लागि सूर्तीजन्य उद्योगको हस्तक्षेपका सबै प्रयासहरुका विरुद्ध लड्न विश्वभरका देशहरुलाई आग्रह गरेको छ ।

विश्वभर सूर्तीजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष ६० लाख र प्रयोग नगरेपनि त्यसको प्रभावका कारण ६ लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि १५ हजारभन्दा धेरै नागरिकको मृत्यु सूर्ती सेवनका कारण हुने गरेको छ ।