कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतले हाल्यो मुद्दा - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतले हाल्यो मुद्दा



एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका लागि चिनियाँ राजदूत सन वेइदोङविरुद्ध भारतमा मुद्दा परेको छ ।

कोरोना भाइरस फैल्याएको भन्दै चिनियाँ राष्ट्रपति सी र राजदूत वेइदोङविरुद्ध भारतको बिहार राज्यको अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सोमबार वकिल सुधिर कुमार ओझाले चीनले कोरोना भाइरस विश्वभर फैल्याउने षड्यन्त्र रचेको भन्दै मुजफरपुर अदालतमा मुद्दा दर्ता गरेको बिजनेस स्ट्यानडर्डले जनाएको छ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ११७ पुगेको छ। त्यहाँ २ जनाको मृत्यु भएको छ।

यसबीचमा सोमबार वकिल सुधिरले चिनियाँ राष्ट्रपति र चिनियाँ राजदूतविरुद्ध मुद्दा दर्ता गरेका हुन्।

यस मुद्दाको सुनुवाई आगामी अप्रिल ११ मा हुने भारतीय संचारमाध्यमले जनाएका छन्।