बिना केमो ,यसरी क्यान्सरमुक्त भएँ « Himal Post | Online News Revolution
Logo

बिना केमो ,यसरी क्यान्सरमुक्त भएँ



-बाबुलाल भण्डारी

क्यान्सर ? नाम मात्र पनि कति भयावह ! त्यस माथि पनि आफैलाई वा आफुले अत्यन्त माया गर्ने कसैलाई यो त्रासदीपूर्ण रोगले आक्रमण गरेमा हुने परेसानी, अपव्यय र अनिश्चयको श्रृखला विच यो कति दर्दनाक दुस्वप्न हुन्छ होला, सहजै बुझ्न सकिन्छ । यी दुवै परिस्थिति मैले एकैपटक भोगें । म आफु चाहि यसबाट मुक्त भए तर आफ्नो प्राणप्रिय भाईलाई बचाउँन सकिन । उसलाई बचाउन नसकेको पिडा, ग्लानी र पस्चातापले अहिले मेरो अस्तित्वलाई नै अर्थहिन बनाई दिएको छ ।

यो नियति म जस्ता अरु थुप्रै दाजुहरुको हुन सक्छ । अझ आधुनिक जीवन शैली, रहनसहन, विषाक्त खानपान, बढ्दो प्रदुषण र रासायनिक औषधीको बेरोकटोक प्रयोगले अहिले क्यान्सर झण्डै घर–घरको स्वास्थ्य समस्या बनेर तेर्सिएको छ । पर्याप्त चेतना र समयमा उचित परामर्सको अभावमा खास गरी पछिल्लो चरणमा आएर यसको उपचार कस्टसाध्य मात्र नभएर असाध्य बन्न जान्छ । नसक्नेहरुको जीवनको अध्याय यहिनेर समाप्त हुन पुग्दछ भने केहि सक्नेहरु पनि अत्यन्त कस्टकर, दुरुह र अत्यन्त खर्चिलो Chemotherapy पछि पनि लगभग त्यस्तै नियति भोग्न पुग्छन् किनकि केमोको सफलताको प्रतिशत केबल ३ % मात्र रहेको तथ्यहरुले देखाई रहेका छन् । हाम्रो परिस्थितिमा रोगको आसंका, निदान र उपचारको चरण सम्म आईपुग्दा Operation, radio therapy र chemo ले काम गर्ने अवस्था प्राय चुकि सकेको हुन्छ ।

ठिक यहि विन्दुमा उचित परामर्स र एउटा साहसी निर्णयको जरुरत पर्छ, जहाँ बहुधा मानिसहरु गलत निर्णयको सिकार भई अमुल्य जिन्दगी गुमाउन पुग्छन् । यस्तै घातक निर्णयको सिकार मेरो एक्लो सहोदर भाई भयो जसलाई लाखौ खर्च पश्चात पनि बचाउँन नसकी भरतपुर क्यान्सर अस्पतालको बेडबाट सिधै देबघाटको नारायणी नदि किनारमा भष्मिभुत भएको आफ्नै आखाले देख्नु र सहनु प¥यो । साचो भन्नु पर्दा केमोको अपव्यय, पिंडाको दर्दनाक अनुभुति र यसको सफलताको प्रतिशत राम्ररी बुझेको मैले भाईलाई राम्ररी सम्झाई बैकल्पिक उपचार तर्फ तयार गर्न खोजें । तर डक्टरले दिएको आस्वासनले उसको आत्मविश्वास दुस्साहसको हदसम्म एकोहोरो भइदियो । उसको शारीरिक सुगठन, उमेरको पनि न्युनता आदिलाई मध्य नजर गरी स्वजनहरुसँगको परामर्शमा उसको निर्णयलाई प्रभावित गर्न खोजे पनि उसको स्वैच्छिक निर्णयमा र त्यो पनि उपचार जस्तो संवेदनशिल विषयमा हस्तक्षेप गर्न उचित लागेन र केमो चढाइयो । अन्तमा परिणाम त्यहि भयो, जसको हामीलाई डर थियो ।

यस पंक्तिकारलाई २ वर्ष अघि अचानक खोकिबाट रगत देखा पर्न थाल्यो । राम्रो Chest physician को सिफारिसमा कडा प्रतिजैविकीहरु र स्वर्ण वसन्त मालती लगायतका थुप्रै जडिबुटि, रसायन र भष्म मिश्रित राम्रा आयुर्वेदिक औषधी पनि निस्प्रभावी भएपछि अवस्था अरु जटिल भई सास फेर्न र हिडडुल गर्न समेत कठिन बन्दै गयो । सवै तिरका प्रयास व्यर्थ भएपछि काठमाडौंमा नर्भिक अस्पतालका प्रसिद्ध फिजिसियन रमेश चोखानीज्युको सल्लाहमा HRCT गर्दा Malignant Neoplasm अर्थात क्यान्सर भएको रिपोर्ट आयो र CECT ले पुनः त्यहि कुरा पुष्टी गर्दै नजिकका ग्रन्थीहरु सुन्निइसकेको र यो शरीरका अरु भागमा समेत फैलिसकेको (metastasis) देखियो । ब्रोकोस्कोपी, बायोप्सी, रेडियो थेरापी अप्रेशन र केमोथेरापीको दौरबाट गुज्रिन म किमार्थ तयार थिइन, चाहे मृत्यु नै वरण गर्न किन नपरोस् । केमोका प्रतिकुल प्रभाव र सफलताको संभावना बारे व्यापक अध्ययन गरीयो तर निष्कर्ष अत्यन्त निराशा जनक देखियो । कतिपय संदर्भ श्रोतहरुमा केमोलाई A medicine worse than disease itself भन्ने आसयका भुक्तभोगीका टिप्पणीहरुले मेरो निर्णयलाई अझ दह्रो बनाए । Indian library, British council र American library चाहारी वैकल्पिक उपचार पद्धतीबारे बुझ्न र रातरात भर नसुती Internet हेर्न र आयुर्वेदका ठेलीहरु पल्टाउन थालियो । पथ परहेजमा पहिलो ध्यान जानु अनिवार्य भए अनुरुप दुध र दुग्ध पदार्थहरु , चिनी लगायतका सवै गुलिया वस्तुहरु, मैदाका परिकार, ज्यादा नुनिला वस्तुहरु, मांसजन्य पदार्थ र खास गरी रातो मासु निसिद्ध मानिएका हुदा कडाइका साथ परहेजमा बस्ने काम भयो । वैकल्पिक उपचारको दिशामा विहान र वेलुका खाली पेटमा कपालभाती र अनुलोम विलोम प्रणायामलाई नियमित गरी घिउकुमारी (aloevera) गिलोय ( गानेगुर्जाे ) र अस्वगन्धा चुर्णको मात्रा र विधि राम्ररी बुझी उपचार सुरु भयो । प्रचुर मात्रामा curcumin पाईने केसर (saffron ) र बेसारको प्रयोगलाई बढाई Anti- oxidant हुने हुनाले लसुन, प्याज, ग्रीन टि, गाजर, कालो अंगुर र राजमा सिमी जस्ता अरु धेरै वस्तुहरु खानामा समावेस गरिए । डेन्डिलियन भन्ने एक प्रकारको फूलको जरा Internet मा अत्यन्त प्रभावकारी हुने बताइएकोले महिनौको अथक प्रयासबाट यसको पहिचान गरी उपचार सुरु भयो । यी सवैको बावजुद म अझै सन्तुष्ट भने हुन सकेको थिइन ।

समय क्रममा अमेरिकी देशहरुमा व्यापक प्रचलनमा रहेको Apricot (prunus armeniaca) भन्ने फल बारे थाह लाग्यो । बुझ्दै जादा यसको भित्रको गेडा क्यान्सर उपचारमा सत प्रतिशत सफल रहेको र हाल सम्म एउटै case पनि असफल नभएको भन्ने सम्मका अनुसन्धान र उपयोग कर्ताका अनुभवहरु पढ्न पाउदा हौसला र उत्साह बढ्नु स्वाभाविक थियो । नेपालीमा खुर्पानी भनिने यो फल कहाँ पाइन्छ धुरन्धर खोजीनिति थालियो । दक्षिण अफ्रिका र अन्यत्रबाट यसका नमुना झिकाइयो । काठमाडौंकै फर्पिङ्गमा खुर्पानी फेला परे पनि यो गुलियो प्रजातिको हुँदा औषधीय प्रयोगमा ल्याउन मिलेन । खुर्पानी नपाइने अवस्थामा आरुका वियाँ, तितो बदाम र स्याउका वियाँ पनि प्रभावकारी हुने कुरा खुल्न आयो । तितो बदामको खोजीमा छिमेकि देश भारतका यू पी र विहारका धेरै शहरहरुमा गल्ली गल्ली छिचोलियो तर जहाँसुकै मिठो खालको क्यालिफोर्निया बदाम मात्र भेटियो, जसको औषधीय उपयोग थिएन । असन, इन्द्रचोक र नरदेवीका वैद्य पसलहरुमा तितो बदाम त पाइएन नै, आरुका वियाँ पनि समय नाघेका र कुहिएका बाहेक ताजा फेला परेनन् । खोज्दै जादा हाम्रै हिमाली जिल्ला मुस्ताङ्गमा Apricot पाइने कुरा बुझेपछि स्थानिय निकायमा काम गर्ने कर्मचारी शिक्षक र प्रहरी शुत्र परिचालन गरी मुस्ताङ्गका दुरदराज गाउँबाट खुर्पानी झिकाउने व्यवस्था मिलाइयो । यहानेर विदेशी ठुलो खुर्पानी दैनिक ७ × ३ गेडाका दरले घटिमा २४ दिन खान सिफारिस भएकोमा यहाँको सानो खुर्पानीको उचित मात्रा मिलाउने समस्या खडा भयो । आफ्नै अनुभवबाट यसको सहि मात्रा मिलाउदै गइयो । यसको एउटा निश्चित तर महत्वपूर्ण कारण पनि छ । सं. रा. अमेरिकामा सन् १९७१ देखि क्यान्सर उपचारमा Apricot प्रतिबन्धित रहेछ । Apricot को बढ्दो प्रयोगले खरबौ खरब (घटिमा २०० विलियन) डलर वार्षिक आय गर्ने औषधी माफियाहरुले यो विषालु हुन्छ र मरिन्छ भन्ने दावी गर्दै यसलाई त्यहाँ प्रतिवन्धित गराएका रहेछन् । Apricot ले झण्डै सित्तै उपचार हुन थालेपछि केमो औषधीबाट उनीहरुले आम्दानी गर्दै आएको खरबौ डलरको बजार सुक्ने अवस्थामा यस्तो भएको सहजै बुझ्न सकिन्छ । उनीहरुले यसमा cyanidebenzaldyhide भन्ने प्राणघातक विष हुन्छन् भन्ने हाउगुजी देखाएर केमोको बजार विस्तार गरेका रहेछन् । यसमा उल्लेखित विषहरुको विद्यमानता सम्मको कुरा सत्य रहेछ तर ती विषहरुले Beta-glucosidase भन्ने enzyme पाइने क्यान्सर र मात्र क्यान्सर कोषिकालाई छानी छानी नष्ट गर्दा रहेछन् । अरु सामान्य र स्वस्थ कोषहरुमा यो enzyme नहुने हुनाले शरीरलाई विल्कुल कुनै नोक्सानी नगरी यी विषहरु सिधै पिसाबबाट सुरक्षित निस्काषन हुने कुरा सयौं अनुसन्धानले देखाईसकेका छन् । दिनमा प्रायः १२ × ३ र यदाकदा १२ × ४ खुर्पानी लगातार ४ महिना नियमित खाने म स्वयं यसको तथाकथित विषाक्तताको वर्खिलाप जिउंदो उदाहरण बनेको छु । स्वस्थ व्यक्तिले पनि दिनको ७ वटा ठुलो विउ ( हाम्रोमा लगभग १२ वटा ) maintenance dose लिदै गरे आजिवन क्यान्सर विरुद्ध प्रतिरक्षाको सुनिस्चितता हुने जानिफकारहरु बताउछन । महिनौं ठुलो मात्रामा खुर्पानी सेवन गर्दा जिउँ चिलाउने सामान्य प्रतिक्रिया बाहेक अन्य विषाक्तता मैले यसमा केहि पाइन ।

जतिसुकै योग्य चिकित्सकले पनि त्यहि बाटो अपनाउछ जुन उसले पढेको छ, जानेको छ, वा अभ्यास गर्दै छ । अन्यथा गर्ने उसँग न ज्ञान हुन्छ न त हिम्मत र अनुमती नै । अस्पतालको शरणमा जाने जो कोहीलाई पनि जतिसुकै असाध्य अवस्थामा पनि अप्रेशन र केमोको चक्रव्यूहमा लग्नु नै उनीहरुको बाध्यता र नियमित दैनिकि हो । गहुँको जमरामा पनि खुर्पानीमा पाइने Laetrile वा Vitamin- B 17 पाइने बुझेर अचेल केहि डक्टरहरुले पुरक उपचारको रुपमा यसको सिफारिस गर्दा रहेछन् । हालाकी यसमा कति प्रतिशत B 17 उपलब्ध छ र कतिले सहि मात्रा पुग्ने हो भन्ने विषयमा म त्यति स्पष्ट छैन । खुर्पानीबाट जुन सुकै अवस्थाको अर्वुद रोग पनि निको हुने र यसको प्रयोग सतप्रतिशत सफल भइरहेको कैयौं अनुसन्धान र अनुभवबाट समेत पुष्टि र प्रमाणित भइसकेको छ । फगत भइ सकेको अंगभंगलाई पुनस्र्थापना गर्ने क्षमता भने यसले राख्दैन ।

आजकल पस्चिमी जगतमा Laetrile वा Vitamin- B 17 का चक्की औषधीहरु तयार भई बजारमा आईसकेका हुनाले आवस्यकता अनुसार झिकाउन सकिदो रहेछ ।

मैले धेरै समय क्यान्सरको वैकल्पिक उपचारमा गहन अध्ययन गरेको छु र आफुलाई यसको थोर वहुत ज्ञाता भएको दावी गर्दछु । तापनि यो आलेख कानुनी महत्व, वैधता र प्रयोजनको लागि नभइ केबल ज्ञान र सूचना प्रबाह गर्ने हदसम्म मात्र यसलाई उपयोगी बनाउन र उपचारमा अत्यन्तै सफल तर झण्डै निशुल्क विकल्प प्रस्तुत गर्नु नै मेरो ध्येय हो । परन्तु छनौट विरामी स्वयंको आफ्नै हुनु पर्दछ ।

मलाई एउटै पश्चाताप छ कि मैले आफ्नो बाटोमा भाईलाई करकाप र जवर्दस्ती गरिन जो धातक ठहरियो र उसको इहलिला समाप्त भयो । यसको भुलसुधार र क्षतिपुर्ति अव सम्भव छैन र उ फर्केर आउन सक्ने पनि होइन । आशा गर्छु, अरुले अपव्ययी, कष्टसाध्य र अनिश्चयको अध्यारो बाटो नलिई निश्चिन्त भई मेरो बाटोको अनुशरण गरी स्वास्थ्य लाभ गरुन । यसबाट गरीब, निमुखा र मृत्युको पर्याय ठानिएको क्यान्सर (अर्बुद) रोगले आक्रान्त व्यक्तिले स्वास्थ्य लाभ गरे भने मैले आफ्नो प्रयास सफल भएको मान्ने छु र यसबाट मेरो मृत भाईको आत्माले पनि शान्ति पाउने छ ।

मेरो हकमा अरु सबै जडिबुटी र औषधीहरु उपचारमा सहायक र फलदायी रहे पनि आधा/आधा घण्टाको विहान वेलुकीको कपालभाती प्रणायाम र Apricot नै निर्णायक भएको मेरो अनुभव छ । म आज पूर्ण रुपले क्यान्सर मुक्त छु र कसैलाई यस संवन्धमा थप केहि जिज्ञांसा भए निशुल्क परामर्श दिन हमेसा तत्पर रहने छु ।

स्मरण रहोस , यो आलेख सुचना प्रवाहको लागि मात्र भएकोले कुनै पनि मेडिको – लिगल प्रयोजनको लागि यो आधार बन्न सक्ने छैन ।