वाइसिएलले आज देशभर वडा सम्मेलन गर्ने , निर्वाचित कमिटी आजैदेखि चुनावी अभियानमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वाइसिएलले आज देशभर वडा सम्मेलन गर्ने , निर्वाचित कमिटी आजैदेखि चुनावी अभियानमा



काठमाडौं /कात्तिक ११ । 

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)ले आज देशभरका वडाहरुमा सम्मेलन गर्दैछ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभर वडा सम्मेलन गर्न गरेको हो ।

वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले खबरडबलीलाई दिएको जानकारी अनुसार देश ६ हजार ७ सय ४३ वडामा आज सम्मेलन हुँदैछ । उक्त सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुले आजैदेखि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी अभियानमा होमिने ओलीले बताए । वाइसिएलले आसन्न निर्वाचनमा, १ बुथ १०० युथ परिचालन गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई कार्यन्वयन गर्न उक्त कमिटीले आजै काम थाल्ने बताइएको छ ।

हिजो शुक्रवार वाइसिएल र एमाले निकट युवा संघ नेपालको संयुक्त बैठकले दुवै संगठनले लिएका निर्णयहरू आ–आफ्ना कार्य क्षेत्रमा कार्यान्वयन गर्न गराउन विशेष निर्देशन दिएको छ । संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीयआयोगका सदस्य, प्रदेशका सदस्य, केन्द्रीयविभागका सदस्य, जिल्लाअध्यक्ष सहितको ३ हजार १ सदस्यीय संयुक्तनिर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । दुबै संगठनका पदाधिकारी रहेको एक सचिवालय, दैनिककार्य संचालनगर्न र परिचालन समितिलाई संयोजन गर्नका लागि संगठनका अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति गठन गरेको थियो ।