वाईसीएलका नयाँ कमाण्डर,दीप शिखा र सुबोध - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वाईसीएलका नयाँ कमाण्डर,दीप शिखा र सुबोध



भदौ ४, काठमाडौँ ।

माओवादी केन्द्रको भातृ सङ्गठन वाईसीएलको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मत चुनिएका छन् । महासचिवमा सुवोधराज शेर्पाली चयन भएका छन् ।

शुक्रवारबाट काठमाडौँको कोटेश्वरमा सुरु भएको एकताको दोस्रो राष्ट्रिय सम्मेलनले आइतबार दीपशिखाको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।

दीपशिखा यसअघि वाईसीएलका महासचिव थिए । वाईसीएल अध्यक्ष पदमा उपाध्यक्ष लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ पनि दावेदार थिए ।

वाईसीएलको पदाधिकारी १९ सदस्यीय छ । उपाध्यक्षमा गङ्गा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने र रतन सीँ चयन भएका छन् ।

यस्तै सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, पूर्ण भुजेल, गणेश शाही, मदनबहादुर मल्ल, विश्वबहादुर महत, रञ्जित अधिकारी, दिवस पाण्डे, शिवराम कुसवाहा र सुमित ढुंगाना छन् भने कोषाध्यक्षमा मिङ्मा तुण्डु शेर्पा चयन भएका छन् ।

बन्दसत्रको हलबाट दीपशिखाको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति र १९ सदस्यीय पदाधिकारी सार्वजनिक गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको छ ।