यसकारण एक्लिदै गए भट्टराई - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

यसकारण एक्लिदै गए भट्टराई



काठमाडौं,भदौ ६  ।

डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका डा. बाबुराम भट्टराई पार्टीमा एक्लिँदै गएका छन् । अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ– सोमबार नयाँ शक्तिको संघीय परिषद्का करिब सय सदस्यले नयाँ शक्ति छाडी देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

यसैगरी आइतबार संघीय परिषद्का दुई सय छ जना सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए । हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पाटीृमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् ।

नयाँ शक्तिमा करिब ९ सय सदस्यीय संघीय परिषद् छ । केन्द्रीय समिति भने गत साउन १३ गतेको निर्णयबाट भंग भएको छ । संघीय परिषद्मा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन् ।

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया भंग भएपछि नयाँ शक्तिमा पार्टी छाड्ने क्रम बढेको छ । नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा र नेता रामकुमार शर्मा माओवादी केन्द्य्रमा प्रवेश गरेका छन् ।

यसैगरी देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, तिलक थापालगायत १५ नेता पनि माओवादी केन्द्रमै फर्कने तयारीमा छन् । पौडेलले माओवादी केन्द्रमा फर्कन पासाङ शेर्पाको संयोजकत्वमा वार्ता समिति गठन गरेका छन् ।

पौडेलले भट्टराईसँग संगठनात्मक व्यवस्थापनको कमजोरी र विचारमा प्रस्ट हुन नसकेको आरोप लगाएका छन् । ‘उहाँ (भट्टराई) विचारमा प्रस्ट हुन सक्नुभएन । संगठनात्मक कार्यशैली पनि चित्त बुझेन । त्यसैले पार्टी छाड्नुपर्ने स्थिति आयो,’ पौडेलले भने ।