दशैँ तिहारको लागि विदेशबाट घर फर्कदै हुनुन्छ ?जानी राखौ यी समानहरुमा भन्सार लाग्दैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दशैँ तिहारको लागि विदेशबाट घर फर्कदै हुनुन्छ ?जानी राखौ यी समानहरुमा भन्सार लाग्दैन



काठमाडौँ: के तपाईँ विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने यात्रा सहज हुन्छ ।

कानुनले वर्जित गरेका सामान नेपाल फर्कदा ल्याउन पाईदैन । यो सबैलाई ज्ञान भएको विषय भयो । तर शतप्रतिशत भन्सार छुट हुने वस्तुहरू र भन्सार तिर्नुपर्ने सामाग्रीहरुबारे धेरैलाई ज्ञान नहुन सक्छ ।

सुनको गहना ५० ग्रामसम्म , चाँदीको गहना पाँचसय ग्राम तथा एक लाख रुपैयाँ बराबरको जवाहरात जडित गहनाहरु साथमा ल्याउन सकिन्छ । आफूले कोठामा प्रयोग गरेका लुगाहरु लिएर आउँदा पनि भन्सार छुट छ । यस अन्तर्गत लुगाफाटा , विछ्यौनाहरु पर्दछन् ।

शारीरिक अशक्तले आफ्नो सहाराको लागि ल्याएको सामान तथा उपचार गरी फर्कदा ल्याइएका औषधीहरुमा भन्सार छुट गरिएको छ । एक थान क्यामेरा,मोबाइल, पेन ड्राइभ र घडी विना भन्सार शुःल्क ल्याउन सकिन्छ ।भान्सामा प्रयोग गरिने खाद्य सामाग्री सात किलोसम्म ल्याउनलाई भन्सार छुट छ । मदिराको हकमा भने एक लिटरसम्मलाई भन्सार छुट गरिएको छ ।

३२ इन्चसम्मको टिभीलाई भन्सार छुट गरिएको छ । एक भन्दा बढी टिभी ल्याउन अनुमति छैन । ३२ इन्च भन्दा टिभी ठुलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।

ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर एक/एक थानलाई भन्सार छुट गरिएको छ ।