प्रधानमन्त्री ज्यू तपाइको नैतिकतामाथि प्रश्न उठेको छ! राजिनामा दिन उत्तम होला कि ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री ज्यू तपाइको नैतिकतामाथि प्रश्न उठेको छ! राजिनामा दिन उत्तम होला कि ?



योगेन्द्र गौतम

१८ बर्ष पश्चात हुन गइरहेको भारतिय राष्ट्रपतिको भ्रमण निकै अर्थपूर्णरूपमा हेरिएको छ । उत्तरमा रहेको छिमेकी राष्ट्र चीनका राष्ट्रपतिको हुने भनिएको भ्रमण एकाएक रद्द हुनु र यो समयमा दक्षिणबाट भारतिय राष्ट्रपतिको भ्रमण हुनुले राष्ट्रिय अन्तर्राष्ट्रिय कुटनैतिक क्षेत्रमा नया तरंग पैदा गरेको छ । लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात भारत नेपाल माथी सकारात्मक देखिदैन । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा पश्चात भारतले नेपाल माथी आफ्नो कुदृष्टी राख्न थाल्यो ।

भारतले हेपेहा प्रवृत्ति अप्नाएको छ ,हाम्रो भावना माथी खेल बाड पनि गरेको छ । यो कुरा ले हामी सबै सच्चा नेपालीको मन छिया छिया भएको छ भने छिया छिया भएको मनलाइ सिलाउन गाह्रो छ ।तर मेरो स्वाभिमान ले कसैलाई गाली गर्दैन र कसैको गुलामी गर्न दिदैन । सगरमाथाको अर्को मोड रोएको छ । लिपु लेक रोएको छ कालापानी रोएको छ सुस्ता रोएको छ काहा जाउ मा ती राष्ट्रियताको खुशी खोज्न । भारत ले आफ्नो स्वार्थकालागी संविधान घोषणा पश्चात मदेशका केही राजनीतिक दलका नेताहरुलाइ आफ्नो चक्रब्युमा फसाएर नेपालको सार्बभौममाथी हष्तक्षेप गरयो ।

अन्तरास्ट्रिय कानुन बिपरित अघोषित नाकाबन्दी लगाउन पनि पछि परेन । नेपालको अखण्डता , सार्बभौमिक्ता र जनमौलिक अधिकार माथी आफ्नो बर्चस्व कायम गर्ने रणनीति अपनाउने नीति लियो जुन नीति नेपाली जनताले तिरस्कार गरिदिए र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तिरस्कार भयो अन्तर्राष्ट्रिय पारबहन सन्धिलाई अपमानित गरि नेपाल माथी लगाइएको अघोसित नाकाबन्दीका सामु नेपाली जनता जुकेनन उल्टै भारतमाथी बिरोधका स्वर गुन्ज्यमान भए । हामी नेपाली झुक्दै नझुक्ने वीर गोर्खालीको , म गौरव गर्छु नेपाली हुनु मा नेहरु लाई माफी मगाएका थिए बि पि ले । किसुन जि ले धाबा बोलेका थिए तेहाको राजनीति को बारेमा खै त ऐले को नेतृत्व मा त्यो दम । राष्ट्रबाद को चर्को नारा मात्र लगएर हुन्छ ए नलाएक नेता हो भारतिय पुर्ब प्रधानमन्त्री राजिब गान्धिको नेपाल भ्रमण पाला तत्कालीन राजा बिरेन्द्रले देखाएको बिरता साहसको हर नेपालीले प्रसंशा नगरी रहन सक्दैन ।

भारतिय राजिब गान्धि सरकारले लगाएको नाकाबन्दीका कारण पनि नेपाल टुटेन झनै बिश्व सामु शक्तिशाली भएर सगरमाथाको जस्तो छाती फुलेको थियो । तत्कालीन राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय मंचमा नेपाललाई सान्ति क्षेत्र घोषण गरियोस भनी राखेको प्रस्तावको पक्षमा ११६ राष्ट्रको समर्थन थियो तर छिमेकी राष्ट्र भारतले समर्थन गरेन । यस्मा भारतको नकारात्मक सोच भएकै कारण नेपाललाई सान्ति क्षेत्र स्वीकार गर्न सकेन । राजा भारत सङ झुकेनन तर नेता भनाउदा हरु भारत सग लमपसार परे । भारतको नेपाल माथी आर्को नाटकिय खेल तब सुरु भयो जब तत्कालीन राजा बिरेन्द्रको बंश नास भयो । जनताका हिमायती भनाउदा नेताहरू भारतको इसारामा नाच्न थाले । भारतलाइ नै आफ्नो भाग्य ठान्ने नेपाली जनतालाई दास ठान्ने र भारतिय नेताहरुको खुट्टा ढोग्ने परम्परा बस्यो उनिहरुमा ।आफैले बनाएको संविधानलाई अपमान गर्दा पनि यिनिहरुमा चेतन आएन उल्टै भारतलाई आफ्नो मालिक ठाने । अहिले भारतका राष्ट्रपति नेपालको राजकिय भ्रमणमा छन । १८ बर्ष सम्म भारतका कुनै राष्ट्रपतिले नेपालको भ्रमण गरेनन ।

नेपाली जनताले नेपाल प्रति भारतको नकारात्मक कर्यको घोर बिरोध गरेकै कारण फेरि एकपटक भारत यो भ्रमणबाट आर्को नाटक रच्न चाहन्छ । भारतिय रास्ट्रपति को नेपाल भ्रमणलाई नेपाली जनताले नकारात्मक लिएको पक्कै होइन तर जनता माथी नाकाबन्दी लगएर गराइएको भारतिय राष्ट्रपतिको भ्रमण के उचित हो । सरकारमाथी नैतिकताको प्रश्न उठिरहेको छ । राष्ट्रपतिले चढने कार भारत बाटै ल्याउनु काहा सम्मको लज्जास्पद हो । जाह वीर गोर्खालीको नाउले नेपाली बिश्व जनमंचमा प्रख्यात छ त्येही नेपालीको देशमा भारत असुरक्षा महसुस गर्छ किन । नेपाल सरकारको देश प्रतीको कर्तब्य के हो । यो जान्दा जान्दै पनि नेपाली नेता हरु भारत परस्त हुनुको कारण के हो । आफ्नो स्वार्थमा तल्लीन नेताहरु भारतको गुलामीमा मात्र रहने हो भने नेपालको बिकास आशाम्बव छ। अाज लाखौं युवा हरु बिदेसिएको अवस्था छ देश मा रोजगार् श्रीजना गर्ने कुनै माध्याम देखिदैन ।

भारतमा रोजगारी गर्ने नेपालीको स्थिति अत्य दयनिय छ । दिनहु भारतमा नेपाली माथी अत्याचार भैरहेको छ हत्या हिन्सा नारी बेचबिखन र बलात्कार जस्ता अमानवीय घटनाहरु घटेका छन नेपाल सरकार भने अन्धो छ । भारत सरकारलाई कुनै मत्लब छैन । सिमा क्षेत्रमा नेपालीहरु माथी भारतिय प्रहरिबाट हात्पात गरि बल्लतल्ल कमाएको धन लुतिन्छ यसप्रति सरकारले ध्यान दिने कि न दिने यो गम्भीर बिषय हो । प्रधानमन्त्री गृहमन्त्री तपाइहरुको नैतितिक्तामाथी प्रश्न उठिरहेको छ तेसैले नैतिक्ताको आधारमा राजिनामा दिननुहोस ।