निर्वाचन आयोग र आचारसंहिताको खिल्ली उडाउँदै योगेश भट्टराई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्वाचन आयोग र आचारसंहिताको खिल्ली उडाउँदै योगेश भट्टराई



निर्वाचन हुन एक दिन मात्रै बाँकी रहँदा नेकपा एमालेका नेता तथा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री योगेश भट्टराईले आचार संहिता उल्लंघन गरेका छन् ।

बिहीबार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ । यो अवधिमा मौन अवधिमा कसैलाई कुनै पनि माध्यमबाट भोट माग्न नपाउने, भोज भत्तेर, आमसभा, गर्न नपाउने आचारसंहितामा उल्लेख छ । तर भट्टराईले भने आयोग र आचारसंहिताको खिल्ली उडाउँदै चुनाव प्रचार गरेका छन्

निर्वाचन आचारसंहिता २०७९ मा यदि त्यसो गरेको पाइएमा कानुनतः दण्डनीय हुने बताएको छ । तर आचारसंहिता उल्लंघन गर्दै योगेश भट्टराईले आफ्ना योजनासहितको भिडियो पोस्ट गर्दै मत मागेका छ्न् ।

गए राती उनले ताप्लेजुङमा आफूले विकासको आवश्यकता र जनभावनालाई बुझ्दै जिल्लाको विकास र निर्माणमा पहल गरेको भन्दै भोट दिन अपिल गरेका छन् ।

उनले आफूले ५ वर्षमा केन्द्रबाट यति विकास गरेको यति बजेट बराबरको योजना आएको भन्दै प्रचार पनि गरेका छन् । भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सूर्य चिन्हमा स्वस्तिक चिन्ह लगाएको र नमस्कार गरेको तस्बिर पनि पोष्ट गरेका छन् ।

उनको पोस्ट लगत्तै धेरै जनाले उनको पोस्टमा निर्वाचन आयोग नेपाललाई मेन्सन गर्दै कारबाहीको माग गरेका छन् । उनको पोष्टमा लेखिएको कमेन्टमा आचारसंहिताको उल्लंघन भएको टिप्पणी छन् ।

पोस्ट गरेको करिब एक घण्टामा उनले आफ्नो पोस्ट हटाएका थिए । तर उनी त्यति मै रोकिएनन फेरि ताप्लेजुङका सडक बारे मैले देखेका सपना ब्याकग्राउन्डमा लेखेकोसहित आफैले पेपर हेर्दै बोलेको सात मिनेट २६ सेकेन्डको भिडियो पोस्ट गरे ।

त्यो भिडियोमा पनि उसैगरी धेरैले आचारसंहिता उल्लंघन गरेको भन्दै कमेन्ट गरे भने कतिपयले निर्वाचन आयोगलाई मेन्सन गर्दै कारबाहीको माग गरे । मौन अवधिमा सबैले आचारसंहिताको पालना गर्नु पर्नेमा उम्मेदवारले उल्लंघन गरेपछि उम्मेदवार प्रति प्रश्न उठेको विपक्षीले बताएका छन् ।