मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल



विराटनगर – मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ। पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले २९ वर्षीया बस्नेतको शव बिहान मर्निङ वाकका क्रममा स्थानीयले फेला पारेको बताएका छन्। शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका एसपी केसीको रहेको छ।

बस्नेतको शव डेरा गरि बस्दै आएको घरमा भेटिएको हो। प्रहरीका अनुसार, १४ वर्षीय छोराका साथ बस्दै आएकी बस्नेतको श्रीमान वैदेशिक रोजगारीमा छन्।

शुक्रबार साँझ सांगितिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको एसपी केसीले जानकारी दिए। कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेतको कोठाबाट केही मदिराको बोतल फेला परेको बताएका एसपी केसीले भने, “उनको कोठाबाट केही बोतल फेला परेको छ। सांगितिक कार्यक्रमपछि डेरामा मदिरा सेवन गरेजस्तो देखिएको छ।

तथापि राती उनीसँग अरु कोही थिए भन्ने कुराको अनुसन्धान सुरु गरिएको छ।”

अनुसन्धानमा खटिएको प्रहरीका अनुसार महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरेको छ।