ओली हराउन झापा पुगेका युग पाठकले २२ हजार गन्दा ६० मत पनि पाएनन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओली हराउन झापा पुगेका युग पाठकले २२ हजार गन्दा ६० मत पनि पाएनन्



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार मुख्य प्रतिस्पर्धीसँग उनको करिब साढे ४ हजार मतको दूरी छ ।

हालसम्म २२ हजार २०७ मत गणना भइसक्दा ओलीलाई ११ हजार २८ मत प्राप्त भएको छ । कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ६ हजार ५ सय १६ मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेललाई १ हजार ९ सय ४ मत आएको छ ।

अन्य उम्मेदवारहरूले उल्लेख्य मत ल्याउन सकेका छैनन् । जनमत पार्टीका भीम राजवंशीलाई ९१३ मत आउँदा बाँकी ६ उम्मेदवारको मत १०० भन्दा कम छ । सचेत नेपाली पार्टीबाट उम्मेदवारी दिएका रामप्रसाद पाठक उर्फ युग पाठकले ५६ मत ल्याएका छन् ।

एमाले अध्यक्ष ओली अघिल्लो आमनिर्वाचनमा यसै क्षेत्रबाट सर्वाधिक अन्तरले विजय बनेका थिए । हाल यस क्षेत्रमा एक लाख ५४ हजारभन्दा बढी मतदाता छन् ।