डा. खतिवडा भन्छन्: सेयर बजारले देशको अवस्था देखाईसक्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. खतिवडा भन्छन्: सेयर बजारले देशको अवस्था देखाईसक्यो



पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक मन्दीका केहि संकेतहरू देखिएको बताएका छन् ।

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले आर्थिक मन्दीको संकेत देखाएको बताए ।

उनले सेयर बजारमा आर्थिक मन्दीको संकेत देखिसकिएको बताए । विगतमा शेयर बजार अश्वभाविक रुपमा बढाईएकोले अहिले घट्दा पनि अश्वभाविक घटेको उनको तर्क छ ।

डा. खतिवडाक अनुसार देशको आर्थिक अवस्था कस्तो छ भनेर बताउने केहि क्षेत्रहरू रहेको बताए । उनले सेयर बजार भनेको जुनसुकै देशको पनि आर्थिक अवस्था कस्तो छ भनेर देखाउने क्षेत्र रहेको बताए ।

उनले अहिले शेयर बजारले आर्थिक मन्दीको संकेत गरिसकेको बताए । १२/१३ खर्ब बजार पूँजीकरण गुमिसकेको उनको भनाई थियो ।

कार्यक्रममा डा खतिवडाले नयाँ स्टक एक्सचेञ्ज र लघु बीमाको लाईसेन्स दिने प्रक्रिया अगाडी बढ्नु नै अर्थतन्त्र सेटिङमा चलेको प्रमाण भएको बताएका छन् ।