नेविसंघमा महर र आचर्यबीच भिडन्त हुने, पौडेलपक्ष उम्मेदवार छान्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेविसंघमा महर र आचर्यबीच भिडन्त हुने, पौडेलपक्ष उम्मेदवार छान्दै



काठमाडौं ३२ साउन । नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मतदान भोलि हुनेछ । आज हुने भनिएको निर्वाचन प्रक्रिया प्राविधिक कारणले भोलि गरिने भएको हो । महाधिवेशन प्रतिनिधि थपघट विवादका कारण अवरुद्ध हँुदै आएको निर्वाचन प्रक्रिया नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीचको सहमतिअनुसार एक दिनपछि सारिएको हो ।

आज बिहान ११ बजेपछि मनोनयन दर्ता हुने निर्देशक समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । सभापति देउवा र नेता सिटौला पक्षबीच अध्यक्षका लागि नैनसिंह महर र महामन्त्रीमा कुन्दनराज काफ्लेले उम्मेदवारी तय गरिएको छ । शुभराम बस्नेत र सरोज थापाले अध्यक्ष र महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ नेता पौडेल पक्षधर विद्यार्थीहरूबीच अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने विषयमा आज टुङ्गो लाग्न्ेछ । पौडेलपक्षबाट मनोजमणि आचार्यलाई अघि सार्ने तयारी छ । अर्का प्रत्याशी दीपकभट्टराईलाई अघि सार्ने पौडेल पक्षको तयारी छ । उम्मेदवार दर्ता बिहान ११ बजेसम्म गरिसक्नुपर्नेछ । महाधिवेशन प्रतिनिधिको सङ्ख्या तीन हजार ७९० प्रतिनिधि टुङ्गो लागेको छ ।