माग पूरा नभए सत्याग्रह गर्ने– डा केसी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

माग पूरा नभए सत्याग्रह गर्ने– डा केसी



पोखरा, १८ भदौ । त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहो¥याउनु भएको छ ।

आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज यहाँ भएको भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले उक्त माग पूरा गर्नेतर्पm कुनै चासो नदिएकोमा दुःख व्यक्त गर्नुभयो ।

डा. केसीले मेडिकल कलेज खोल्दै नखोल्न भनेर आपूmले नभनेको भन्दै गाउँका दिनदुःखी जनतालाई बढी फाइदा पुग्ने ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोल्न दिएको सुझाव जायज भएको दाबी गर्नुभयो । रासस