विश्वभर फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा समस्या - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वभर फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा समस्या



काठमाडौं-सामाजिक सञ्जाल फेसबुकका साथै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जर डाउन भएका छन् । फेसबुकको स्वामित्वमा रहेको सबै एप डाउन भएका थिए ।

सोमबार राति ९:२५ तिरबाट विश्वभर फेसबुकका, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जर डाउन भएका थिए । विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गर्नुपरेको थियो ।

अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट ‘डाउन डिटेक्टर’का अनुसार यो आउटेज समस्याका कारण लाखौं प्रयोगकर्ताले म्यासेज आदान प्रदान गर्न पाएका थिएनन ।

डाउन डिटेक्टरमा गुनासो गर्ने आधाभन्दा धेरै प्रयोगकर्ताहरुले सन्देश प्राप्त गर्न नसकिरहेको उल्लेख गरेका छन्।

मंगलबार बिहान भने यी सेवाहरू पुन सुचारू भएका छन् । फेसबुकका सिइयो मार्क जकरबर्गले फेसबुकका साथै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जर अनलाइन भैसकेको जानकारी दिएका छन् ।