कांग्रेसले १० सिट पक्कै ल्याउँछ : वर्षमान पुन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कांग्रेसले १० सिट पक्कै ल्याउँछ : वर्षमान पुन



रोल्पा ।

माओवादी केन्द्रका युवा नेता वर्षमान पुन अनन्तले वाम गठवन्धनलाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् । रोल्पाको लिवाङमा उम्मेदवारी दर्ता गरे लगत्तै आयोजित सभामा उनले प्रत्यक्ष तर्फ कांग्रेसको गठवन्धनले १० सिट भन्दा बढी नल्याउने दाबी गरे ।

‘अब दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा हामी जानेछौं ।’ नेता पुनले भने,‘कांग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन।’ वाम गठबन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने नेता पुनले दाबी गरे ।

कार्यक्रममा एमाले नेता गोकुल घर्तीले वाम तालमेल ऐतिहासिक आवश्यकता भएको बताए । रोल्पा प्रदेश (क)का उम्मेदवार कुलबहादुर केसी र प्रदेश (ख)का उम्मेदवार दिपेन्द्र पुनले वाम तालमेलले नेपाललाई नयाँ युगमा प्रवेश गराउने जिकिर गरे । नयाँ पत्रिकामा खबर छ ।