पाचौं वार्षिक उत्सवको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पाचौं वार्षिक उत्सवको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न



नातिबाबु भट्ट, कोलोराडो, अमेरिका (फोटो: शैलेश पोखरेल) 

कोलोराडोबाट सञ्चालित अनलाइन खबर पत्रिका बिआरटी नेपाल डटकम स्थापनाको पाचौं वार्षिक उत्सव पारेर आयोजनामा गरिएको रक्तदान कार्यक्रम शनिवार सम्पन्न भयो । बोल्डर स्थित रक्तसंचार केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रममा १० जना नेपाली रक्तदान गरेका थिए । रक्तदान गर्न ईच्छुक १५ जना भन्दा बढी भए पनि विभिन्न कारणले गर्दा १० जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष देश बाहिर नगएको हुनु पर्दछ ।

12

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, आयोजक संस्थाका बिआरटी नेपाल डटकम अध्यक्ष शैलेश पोखरेल, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष भुपेन्द्र महत, राजु सिटौला, नातिबाबु भट्ट, मोहनराज मिश्र, मणी बस्नेत, टिका पौड्याल, अनिल केसी रहेका छन् ।

आयोजक संस्थाका अध्यक्ष शैलेश पोखरेल नेपाली समुदायको पहिचान गराउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस पटक समेत अमेरिकामा दसौँ पटक रक्तदान गरेका थिए । आठ पटक सम्म रक्तदान गर्दा १ ग्यालेन हुने हुँदा आजैं उनलाई १ ग्यालेन पिन समेत प्रदान गरिएको थियो । त्यस्तै आज रक्तदान गर्नेहरु मद्ये अनिल केसीको अमेरिकामा पहिलो पटक भएको बताएका थिए ।

16

कोलोराडोमा बिआरटी नेपाल डटकमको छुट्टै रक्त सङ्कलन खाता (7215) भएको र यसरी दान गरेको रगत सोही खातामा जम्मा हुने बताईन्छ । कोलोराडोमा सङ्कलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त सञ्चारका कर्मचारीहरू बताउछन् । कुनै पनि व्यक्तिको शरीरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुन्छ । कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनीहरूको भनाई छ ।

रक्त सञ्चार केन्द्रमा ५ सय ६३ पटक ७० ग्यालेन शरीरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निवासी भर्जिल ओलसनको फोटो सझाएर राखिएको छ । सामान्य अवस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई हप्तामा दिन मिल्ने रक्त सञ्चार केन्द्रका कर्मचारीहरू बताउंछन् । वयोवृद्ध ८३ बषिय भर्जिल ओलसन अहिले सम्म आफैँ रक्त सञ्चार केन्द्रमा आई रक्तदान गर्ने गरेका छन् । उनले १८ वर्षको उमेर देखि प्लेटलेट दान गर्न सुरु गरेका हुन् ।2226IMG_3851raju sitaula05011819213743464729