आलम जेल चलान - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

आलम जेल चलान



रौतहट । हत्या अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले उनलाई थुनामा राख्न आदेश दिएको हो । 

राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका उनी र पीडित पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो । 

बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधेका थिए। दुवैले न्यायाधीशसमक्ष आ–आफ्नै कुरा राखेका थिए।

२०६४ चैत २७ गते राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको र विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा जलाएर मारेको आरोपमा उनी असोज २६ गते पक्राउ परेका हुन् ।