आलमलाई रौतहट कारागारमा राख्दा सुरक्षा खतरा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आलमलाई रौतहट कारागारमा राख्दा सुरक्षा खतरा



काठमाडौं- २७ चैत २०६४ मा बम काण्डका घाइतेलाई इट्टा भट्टामा हालेर मारेको आरोपमा थुनामा राख्न आदेश दिएक मोहम्मद आफताव आलमलाई रौतहट कारागार बाहेक अन्यत्रै राखिने भएको छ । जिल्ला अदालत रौतहटले दिएको आदेश अनुसार अन्यत्रै राखिने भएको हो।

आलमलाई सुरक्षा दृष्टिले उपयुक्त नभएकाले अन्य कारागारमा राख्न अदालतले अनुमति दिएको थियो । ‘सुरक्षा दृष्टिले उपयुक्त ठाउँमा राख्नू’ भन्ने आदेश दिए सँगै आलमलाई भीआईपी कारागारमा राख्ने बाटो खुलेको छ ।

रौतहटमा आलमका समर्थकहरुले मौन प्रदर्शन जारी राखे पछि सुरक्षा व्यवस्था कडा पारिएको छ । आलम पक्राउ परे लगत्तै रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको हो । तर, प्रहरी शुक्रबार रात परेकाले शनिबार यसबारे निर्णय लिने जनाएको छ ।

फरहदवा नरसंहारको आरोप लागेका आलमको आठ दिन लामो थुनछेक बहस चलेको थियो । थुनछेक बहस पछि जिल्ला अदालत रौतहटले आलमलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

बम बिस्फोटबाट घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोप आलम माथि लागेको छ ।