—आवेग— - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

—आवेग—



तारा प्रसाद फुल्लेल ✍️

तिमी छौ र पो म…
खुसी नै खुसीले हाँसेको छु,
तिम्रै मायाँमा रमाई रमाई,
सान सँग बाँचेको छु,
स्वर्णिम जीवन साँचेको छु,

तिम्रो परेलीले…
एकै पटक भए पनि,
झिम झिम गर्न ढिला गर्दा,
दुनियाँ नै अँध्यारो भए जस्तो लाग्छ

एकै पटक किन नहोस्…
तिमीले श्वास फेर्न विलम्ब गर्दा,
संसारै अनौठो लाग्छ,
ब्रह्माण्ड नै विलय भएजस्तो लाग्छ,

जहिले जोडियौ जिन्दगीमा…
उजाडमा पनि फुल फुलायौ,
मौरी जस्तै डुलायौ,
बेली चमेलीले जस्तै सुवास दिलायौ,

कामना छ मेरो…
गन्तव्यमा पुग्नु कोलम्वस जस्तै गरी,
अठोट लिनु उस्तै न्युटनको जस्तै,
स्विकार्नु प्रेरणा चार्ल्स डार्विनको जस्तै,

उदाहरणीय छ जीवन…
रोमियो जुलियटको त के कुरा,
लैला और मजनुको पनि भएन होला पुरा,
मुटुमा बस्यौ यसरी,
सगरमाथाले शिखर चुमे जसरी,

धन्य छौ प्रभु…
भगवानको पनि एक पल निस्किएको बेला,
नगरी कुनै अबेला,
तिमी जस्तो खुवसुरत बनाउने कोसिस गर्‍यौ,
थाहा छैन कुन चाहिँ दुआ पुरा भयो मेरो,

कहिलेकाहीँ…
सहानुभूतिका आँसुहरूमा बगे जस्तो,
कर्णप्रिय संवादमा अल्झे जस्तो,
गुमनाम कतै हराए जस्तो,

लाग्छ कतै…
केही पाएँ,केही गुमाएँ,रिक्ततामा खुब रमाएँ !!!