अब गोविन्द केसीको मृत्युको कामना गरौँ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब गोविन्द केसीको मृत्युको कामना गरौँ !



दीपक घिमिरे

राम्रा मान्छे छिट्टै भगवानको प्यारो हुन्छन् भन्ने नेपाली मान्यता छ । नेपाली समाजमा आखाको नानी बनेर बसेकाहरुलाई भगवानले छिट्टै स्वर्गको बाटो तिर डोर्‍याउछन । जस्का ज्वलन्त उदाहरणहरू तपाईँ हाम्रै गाउघर अनि समाजमा प्रसस्तै होलान् ।

नेपाली इतिहासलाई खोतल्ने वा अलिकति मृत्युको इतिहासलाई अध्यन गर्ने हो भने पनि कैयौ त्यस्ता उदाहरणहरू छन् जो राम्रा मान्छे अकालमै मरेका छन् । कैयौ त्यस्ता उदाहरण पनि छन् जो मृत्यु पछि उनीहरूको आवश्यकता समाजलाई या देशलाई महसुस भएको छ । जिउदो हुँदा सम्म बेवास्तामा परेको व्यक्ति मरणोपरान्त सम्मानित पनि भएको छ ।

राम्रा मान्छे भगवानका प्यारा हुन्छन् भन्ने उदाहरण लाई कोट्याउने हो भने नेपाली इतिहासका लक्ष्मीप्रसाद देबकोटा , मोतिराम भट्ट , देव सम्सेर , राजा बिरेन्द्र जस्ता कैयौ पात्र भेटिन्छन जस्लाई नेपाली समाजले आखाको नानी बनाएर सजाउदा सजाउदै मरेका छन् । उनीहरूको जीवन आधा बाटोमै टुङ्गेका इतिहास हामीले पढेका छौ तथापि नेपाली समाजलाई उनीहरूको खाचो थियो ।

नेपाली इतिहासमै कैयौ त्यस्ता मान्छेहरू जन्मिय जो समाजका लागि दानव थिए तर पनि तिन्ले आफ्नो भागमा परेको पुरै जिन्दगी जिउन सफल भए । ती भगवानका प्यारा भएनन । समाजले जति नै सराप्दा पनि आफू मात्र हासेर भए पनि अन्तिम सम्म नै बाचे । अब यही प्रसङ्गलाई डा गोविन्द केसी सँग जोडौ ।

पछिल्लो राजनैतिक अवस्था या नेपाली समाजलाई हेर्ने हो भने मुखबाट वाह भनेर निस्कने खुबी भएका नेता छैनन् । नेपाली जनताले आशा गरेका या देशले भरोसा गर्न लायक नेता नभएको अवस्थामा जनताको अबिभावक बनेर उदाएका एउटा तारा हुन डा गोविन्द केसी । राजनैतिक खेलबाट आफूलाई अलग्गै राखेर तीन करोड नेपालीको मागलाई आफ्नो जीवनकै उपलब्धि ठानेर सत्याग्रहमा निस्केको एउटा पागल मान्छे जस्तै हुन डा गोविन्द केसी ।

स्वास्थ्य क्षेत्रमा हुने दलालीकरण , डाक्टरको मनमा हुने पापी प्रवृत्ति अनि नेतामा हुने आर्थिक लोभका कारण निम्न वर्गमा पर्न जाने अप्ठ्यारो स्थिति भावी पुस्ताले बेहोर्न नपरोस भनेर गोविन्द केसीले थालेको आन्दोलन प्रति नेता मौन छन् । आश्वासन हरेक पटकको अनसनमा पाउँछन् तर कार्यान्वयन कहिले हुँदैन । तीन करोडको आखामा नानी बनेर बसेका डा केसी सीमित स्वास्थ्य क्षेत्रका दलालको आखामा कसिंगर बनेका छन् । स्वास्थ्य क्षेत्रका दलाल अनि पैसाको बिटामा बिकेका नेताकै कारण हेर्दै जानुस एक दिन गोविन्द केसी स्वर्गीय डा गोविन्द केसी बन्नेछन ।

उनी स्वर्गीय बने सँगै सरकारले उनकै नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने छ । त्यहाँ पनि दलालिकरण हुनेछ । पहुचवालाकै हाली मुहाली हुनेछ तर एउटा गरिब सिटामोलको मूल्य तिर्न नसकेर घर भित्रै मर्नेछ । अनि त्यति बेला तपाईँ हामी जस्ता डा केसीको महत्त्व बुझेकाहरु ले भन्नेछौ ” राम्रा मान्छे छिट्टै भगवानको प्यारो हुन्छन् , गोविन्द केसी नमरेको भए यस्तो अवस्था आउथेन । ”

हो ! उनी बाच्दा सम्म उनका मागलाई हामीले वास्ता गरेका छैनौ । उनको माग यसर्थ जायज छ भनेर हामीलाई थाहा छ तर यही कुरा ती जनता सम्म पुर्‍याउन सकेका छैनौ जसको लागि डा केसीले अनसन बसेका छन् । हामी पर्चा पम्पलेट बोकेर चोक चोकमा बसेका छौ , हामी आई एम विथ डा केसी लेखेर फेसबुकमा पोष्टियका छौ । तर अन्धो सरकार अनि लोभी प्रतिपक्ष सुतेको छ । उ कमिसन आउने खेलमा हात धोयर लागिपर्छ , नेपाल बन्द गरेर आन्दोलन गर्छ तर गोविन्द केसीको मागलाई समर्थन गर्न सक्दैन । कारण स्वास्थ्य क्षेत्रका दलालले नेतालाई किनिसकेका छन् ।

यस्तो अवस्था आईसकेपछी न सरकारले डा केसीको माग प्रति सुनुवाइ गर्छ न त प्रतिपक्षले सदन अबरुद्ध पार्छ । यति भैसक्दा तपाईँ हामी जस्ता जनता चैँ सडकमा आउनु पर्ने हो , खबरदारी गर्नु पर्ने हो । तर सक्दैनौ । भोकै बसेर मृत्युलाई कुर्दै डा केसी हाम्रा लागि लडछन , यता हामी चैँ फेसबुकमा स्टाटस पोष्टिदै भन्छौ ” डा केसीका माग पूरा गर । ”

क माओले भनेको कुरा यति बेला साचो लाग्दैछ । उनले भनेका थिए ” परिवर्तन बन्दुकको नाल बाट मात्र सम्भव छ । ” यति भन्दै गर्दा ती दिनहरुलाई पनि याद गर्न मन लाग्दछ कि त्यही बन्दुकको नाल बाट परिवर्तन चाहेकै कारण देश दस वर्ष पछाडि पर्‍यो । आन्दोलनको नमुना सशस्त्र मात्र होइन भन्ने उदाहरण पनि हुन डा केसी । तर सशस्त्र बिनाको आन्दोलनाबाट हात लाग्ने मात्र आश्वासन हो , परिवर्तन होइन भन्ने उदाहरण अहिलेको अवस्था पनि हो । डा केसीले आश्वासन प्रत्यक पटक पाए तर परिणाम पाएनन ।

उनी बाच्दा सम्म उनका माग जनताकै माग सम्झेर कार्यान्वयन गर्ने एउटा गतिलो नेता नभएकै अवस्था छ । उनी जनताको लागि भन्दै अनसन बसिरहने , नेता दलालकै लागि मौन बसिरहने अवस्था आएपछि डा केसीपनी भगवानको प्यारो नहोलान भन्न सकिँदैन । अघि मैले भनिहाले , नेपाली समाजमा राम्रो कहलिएको मान्छे छिट्टै भगवानको प्यारो हुन्छन् । ठ्याक्कै त्यस्तै हुन डा केसी । तपाईँ हामी सबैले वाह वाह गर्दा गर्दै उनले त्यही अनसन स्थलमै प्राण त्याग्नेछन । त्यो बाहेक उनको अर्को विकल्प छैन ।

राम्रो काम गर्नेलाई भगवानले पनि बाच्ने अधिकार कम दिएका हुन्छन् रे । दलालको नजरमा कसिंगर बन्दै , नेताको नजरमा तगारो बन्दै , जनताको नजरमा भगवान् बन्दै जिउन भन्दा आउनुहोस तपाईँ हामी डा केसीको मृत्युको कामना गरौँ ! उनलाई बाच्ने अधिकार छैन किनभने उनले जनताको लागि आफ्नो प्राणको वास्ता गरेनन । हिजोको इतिहासलाई हेर्ने हो भनेपनी जनताको लागि लडनेहरु आधा जीवनमै मरिसके । मदन भण्डारी माथि जनताको आशा थियो , त्रीसुलीले निल्यो । बिरेन्द्र माथि आशा थियो , बुलेटले उडायो । यी र यस्ता उदाहरण धेरै छन् । तिनै उदाहरणमा एउटा उदाहरण थपिन्छ । डा केसी माथि गरिबको आशा थियो , मेडिकल माफियाले सक्यो भन्ने खालको ।

सीमित नेताले चाहेको बेला व्यवस्था परिवर्तन हुने नेपालमा तीन करोडले चाहेको माग कहिले पूरा हुँदैन किन भने यहाँ पैसाले व्यवस्था परिवर्तन हुन्छ । राज्यका दुवै अङ्ग कार्यपालिका अनि न्यायपालिका माथि दलालले कब्जा जमाईसकेपछी नेता सत्ता र भत्ताकै लागि लडछन । सयौ गोविन्द केसीहरु अनसन बसेरै मर्छन । अनि समाजमा ढोङ फुक्न एउटा प्रतिष्ठान बन्छ , त्यो पनि तिनै दाललको पैसाले । र तिनै प्रतिष्ठानमा पनि कब्जा जमाउछन तिनै दलालले । अनि तपाईंहामी जस्ताले भगवानलाई पुकार्दै डा केसीको मृत्युको कामना गर्ने बाहेक अरू कुनै विकल्प छ त ?