मुख्यमन्त्रीका स्वकीय सचिवले चलाएको मोटरसाइकलको ठक्करबाट चार जना घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुख्यमन्त्रीका स्वकीय सचिवले चलाएको मोटरसाइकलको ठक्करबाट चार जना घाइते



सुखड,कैलाली । पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका- ९ मा मोटरसाईकलले गोरुगाडा (डल्लब)लाई ठक्कर दिई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

से १ ब १२९७ नम्बरको मोटरसाईकलले मंगलबार साझ गोरुगाडालाई ठक्कर दिई दुर्घटना भएको हो । मोटरसाइकल चालक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय (शाखा अधिकृत स्तर) सचिव प्रेम कुँवर रहेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट गौरीगंगा -१० का डल्लब चालक ४५ वर्षिय टीकाराम चौधरी, उनको २१ वर्षिया छोरी पर्मिला चौधरी , नाति बर्ष ३ को प्रीन्स चौधरी , नातिनी बर्ष २ कि प्राप्ति चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए ।

घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेको अवस्था समान्य रहेपनी स्वकीय सचिव कुँवरले चलाएको मोटरसाईकलको अगाडिको भाग पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कुँवर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको छ ।