दिल्लीमा नेपाली महिलाको दुर्घटना ,पेटमा रहेको बच्चाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्लीमा नेपाली महिलाको दुर्घटना ,पेटमा रहेको बच्चाको मृत्यु



अर्जुन खनाल /नया दिल्ली

दशैँ मनाउनको निम्ति भारतको ब्यांगलोरबाट नेपाल जादै गर्दा नयाँ दिल्ली रेलवे स्टेसन आउने क्रममा बाटो क्रस  गर्दा नेपाल बाझंग जिल्लाकि एक महिलाको दुर्घटना भएको छ  ।खाना खाएपछि श्रीमानले पैसा तिर्दै गर्दा ,होटलबाट ति महिला आफ्नो सानो बच्चा (करिव ५ -६ बर्षको )निस्केकोले  बाटोमा गाडीले हान्छ कि भनेर समात्न जादा उनलाई  बिपरित दिशाबाट आईरहेको कारले ठक्कर दिएको बताउछिन ।बच्चालाई भने केहि भएको छैन ।

उनको पेटमा  ५ महिनाको बच्चा थियो । दिल्लीको लेडी हार्डिंग हॉस्पिटलमा ठक्कर दिएकै  कर मालिकले ल्याएर भर्ना गरेका थिए । हस्पिटलमा ल्याएर चेकजाच गर्दा उनकको पेटको बच्चाको मृत्यु भएको जनाइएको छ ।सो महिलाको हात र खुट्टा भाचिएको बताइएको छ ।कर माकलिकले लाएको खर्च बेहोर्ने भएको छ ।

घटनाको जनाकारी भने उनकै श्रीमानले ब्यांगलोरमा नया सक्तिका संयोजक राजेस रावलाई दिएको र उहाले दिल्ली स्थित दिल्ली संयोजक मोहन रावतलाई जनाकारी गराएको दिल्लीबाट रमेश शर्माले हिमाल पोस्टलाई जनाकारी गराउनु भयो ।दिल्लीबाट नया शाक्तिकै कृष्ण गैरे ,मोहन ,रमेश शर्मा र अन्य साथीहरु हस्पिटल पुग्दै गरेको  जनाकारी गराएका थिए ।उनीहरुले दिल्लीमा रहेका संघ सस्थाहरुलाई सहयोग लागि आपिल पनि गरेका छन् ।