सप्तरीको पोर्ताहामा आगलागी हुदाँ रु पन्ध्र लाखको क्षति - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सप्तरीको पोर्ताहामा आगलागी हुदाँ रु पन्ध्र लाखको क्षति



राजविराज, फागुन ४

सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हँुदा रु पन्ध्र लाखको क्षति भएको छ । स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत नगद तथा जिन्सी गरी करिब रु १५ लाख मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस