अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो



काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय २९ जनाको मृत्यु भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६६ हजार ९७३ जना संक्रमित भएका छन् ।

७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२० पुगेको छ । कुल संक्रमित संख्या ४५ लाख ६७ हजार ७५० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ४१ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ७२ हजार ६५८ जनामध्ये १८ हजार ८२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।