अमेरिकामा रहेका नेपालीलाई ल्याईदै : भयो जहाज सम्झौता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकामा रहेका नेपालीलाई ल्याईदै : भयो जहाज सम्झौता



काठमाण्डाै – अमेरिकामा भएका नेपालीहरू नेपाल आउन पाउने भएका छन् । अमेरिकामा रहेका नेपालीलाई लिएर ४ वटा जहाज नेपाल आउने भएका हुन् ।

अमेरिकास्थित नेपाले दूतावासले यो सम्झौता बहेको जानेको छ । अमेरिकामा रहेको नेपाली दूतावासले यही ९ र ११ गते २-२ वटाका दरले ४ वटा जहाज नेपाल उडानको लागि सम्झौता भएको जनाएको छ ।

दूतावासका अनुसार ९ गते न्यूयोर्कबाट टर्किस एअरलाइन्स र वाशिङटनबाट कतार एअरवेजले नेपाली लिएर काठमाण्डौ उडान गर्नेछन् । यस्तै १३ गते शिकागोबाट टर्किस एअरलाइन्स र ड्यालसबाट कतार एअरवेजले उडान भर्नेछन् । यसको लागि भाडा भने यात्रुले नै तिर्नुपर्नेछ ।

टर्किस एअरलाइन्सले १५ सय ३७ डलर अर्थात १ लाख ८६ हजार ४ सय ९९ रुपैयाँ तथा कतार एअरवेजले १६ सय डलर अर्थात १ लाख ९४ हजार १ सय ४४ रुपैयाँ भाडा ताेकेकाे छ ।

नेपाल फर्कन चाहनेहरुले भरेको अनलाइन फारमको आधारमा प्राथमिकता अनुसार नेपाल पठाइने दूतावासले जनाएको छ ।

नेपाल फर्कनको लागि पासपोर्ट र अन्य ट्राभल डकुमेन्ट र पीसीआर या आरडीटी विधिबाट जाँच गरी कोरोना नलागेको प्रमाणपत्र हुनुपर्नेछ । नेपाल फर्किएपछि सरकारले तोकेअनुसार क्वरेन्टीनमा बस्नुपर्ने नियम रहेको दूतावासले स्मरण गराएको छ ।