अमिताभ बच्चन अस्पताल भर्ना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमिताभ बच्चन अस्पताल भर्ना



एजेन्सी- बलिउडका महानायक अमिताभ बच्चन पछिल्लो तीन दिनयता मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार दिउँसो २ बजे अस्पतालमा भर्ना भएका हुन् । जानकारी अनुसार उनलाई आइतबार डिस्चार्ज गरिनेछ ।

अमिताभ बच्चन रुटिन चेकअपका लागि अस्पताल जाँदै–आउँदै गरेका छन् । सन् २०१२ मा पनि सर्जरीका कारण १२ दिनका लागि उनी अस्पताल भर्ना भएका थिए । उनी लिभर क्यान्सरबाट ग्रसित छन् । सन् १९८२ मा फिल्म कुलीको सुटिङको क्रममा उनलाई गहिरो चोट लागेको थियो, जसको कारण उनको धेरै रगत बगेको थियो ।

त्यतिखेर डाक्टरहरुले क्लिनिकल्ली डेट समेत घोषणा गरिसकेका थिए । धेरै रगत बगेपछि २०० भन्दा बढी डोनर्सबाट उनलाई ६० बोतल रगत चढाइएको थियो । यस खतराबाट उनी मुक्त हुन सफल बनेपनि अर्को गम्भीर समस्याले उनलाई समात्यो ।

एक अन्तर्वार्तामा उनले भने–‘दुर्घटना भएपछि मलाई जुन डोनर्सहरुको रगत चढाइएको थियो, जसमध्ये एक जना हेपाटाइटिस बी बाट ग्रसित थिए । जसको कारण मेरो शरीरमा प्रबेश ग–यो । २००० सम्म म ठीकै थिए, तर त्यसपछि सामान्य चेकअप गर्ने क्रममा मेरो लिभर इन्फेक्शन भएको देखायो ।’

जानकारी अनुसार उनी २५ प्रतिशत लिभरको साहारामा जिइरहेका छन् । हेपाटाइटिस इन्फेक्शनका कारण उनको ७५ प्रतिशत लिभर खराब भइसकेको बताइएको छ ।