किन पाए ३५ नपुगेका अनिल शर्माले काठमाडौँ १ को टिकट ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

किन पाए ३५ नपुगेका अनिल शर्माले काठमाडौँ १ को टिकट ?



काठमाडौँ/कात्तिक २१ 

उज्यालो अभियानका पर्दा पछाडिका पात्र तथा वाम गठबन्धनका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्माले काठमाडौँबाट लोडसेडिंगको जस्तै धुलो धुँवाको पनि अन्त्य आफूहरूले नै गर्ने बताएका छन् ।

माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका लोकप्रिय नेता अनिल शर्मा उमेरले ३५ काटेका छैनन् तर, सोंचले निकै खारिएका छन् । एक प्रसङ्गमा हिमालपोष्टसंग कुरा गर्दै उनले भने विकास गर्नलाई बिरासत र ठुलो प्रोफाइल चाइने होइन सोंच र प्लान चाइने हो त्यो म राम्रोसँग गर्न सक्छु ।

रुकुम जिल्लाको सङ्गठन बिस्तार, स्थानीय चुनावमा रुकुमको सफलता देखि उज्यालो अभियानको प्लानिंग सम्मको जस पाएका शर्मा व्यवस्थापनमा निकै माहिर मानिन्छन । कम बोल्ने तर धेरै काम गर्ने स्वभावका शर्मा युवाहरुमाझ अत्यन्त लोकप्रिय मानिन्छन ।

यस्तो भद्रगोल काठमाडौँको विकासको तपाईँको प्लान के छ भन्ने हाम्रो प्रश्नमा हाँस्दै शर्माले भने “फोहर, ढल निकासी, विद्युत्, सडक र धुलो धुँवा यहाँको मुख्य समस्या हो यसको त उचित व्यवस्थापन मात्रै गरे समस्या समाधान भैहाल्छ, सोंच र प्लानिंग त कति आधुनिक सहर बनाउने, कस्तो प्रविधि भित्राउने भन्ने कुरामा चाहिने हो । फरक यत्ति हो, अहिले सम्मको नेतृत्वले के को व्यवस्थापन गर्ने र के को प्लानिंग गर्ने भन्ने बुझेनन्” ।

एक फरक प्रसङ्गमा उनले भने यहाँका जनता शिक्षित छन् र उनीहरू सँग अब परीक्षणको समय छैन त्यसैले म रुकुमबाट काठमाडौँ बनाउन आएको हुँ । पार्टीले पनि अनिलले नै बनाउन सक्छ काठमाडौँलाई भन्ने सोच्यो, अब स्थानीयले यो कुरा बुझे पुग्छ ।

विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्र र काँग्रेसका नेता प्रकाशमान सिंह पनि सोही क्षेत्रबाट चुनाव लड्दै छन् । रविन्द्र मिश्रको खासै सङ्गठन छैन तर केही मतदाताहरु उनीप्रति आकर्षित छन्,भने प्रकाशमान सिंह पटक पटक यहाँबाट चुनाव जितेर पार्टी र संसद्मा राज गरिरहे विकास भन्ने कुन चराको नाम हो पत्तै भएन ।