जीवनको लक्ष्य अर्कै थियो रेडियोकर्मी बने « Himal Post | Online News Revolution
Logo

जीवनको लक्ष्य अर्कै थियो रेडियोकर्मी बने



केही वर्ष अघि गुल्मीको पहिलो चर्चित रेडियो रेसुंगामा  सामान्य कार्यक्रमबाट आफ्नो रेडियोको यात्रा तय गरेकी उनी अहिले सोही रेडियोको स्टेसन म्यानेजर बन्न सफल भएकी छन् । आफूलाई बच्चै देखि रेडियो कर्मी बन्ने रहर नभएर यस क्षेत्र मा लाग्ने रहर पछि पलायको बाताउने उनी एक स्वास्थ्य कर्मी साथै  स्वास्थ कार्यक्रम र सन्देश कार्यक्रमबाट उनी चर्चित कार्यक्रम प्रस्तोता थिइन । अहिले पनि उनको आवाजलाई उत्तिकै मात्रा मन पराउने को सङ्ख्या पनि ठुलो छ ,उनै रेडियोकर्मी अनीता खत्रीसँग दीपक पाण्डेले गरेको छोटो कुराकानी  ।

तपाईँ लाई स्वागत छ हिमाल पोस्ट डट कममा।

-धन्यवाद छ।

आजकल के मा व्यस्त हुनुहुन्छ ?

-यस्तै हो सधैँ जसो झैँ आफ्नै रेडियोको काममा व्यस्त छु ।

तपाईँ को बिचार मा रेडियो के हो जस्तो लाग्छ ?

-सरल तरिकाले भन्दा रेडियो एउटा सूचना,ज्ञानवर्दक र मनोरञ्जनको सम्बाहक हो जसमा बालक देखि बृदा सबै अटाउछन् । रेडियो सामान्यतय सूचना र जनताबिचको पुल हो ।

तपाईँ बच्चै देखि रडियो कर्मी बन्ने  रहर थियो ?

-कुनै पनि काम विशेषमा इच्छा नभई त्यस क्षेत्रमा त पक्कै आइदैन । तर म सानो छदा मेरो लक्ष्य अर्कै थियो । म सानै देखि नाच्न एकदमै मन पराउथे र भविष्यमा पनि यसैलाई अगाडी बढाउनु पर्छ कि भन्ने सोचमा थिए तर बिस्तारै समय पस्थिति अनुसार स्वास्थ्य क्षेत्रमा प्रवेश गरेर सेवा गर्ने सोच बनाए स्वस्थ्यकर्मी बन्नका लागी पढ्दै पनि गए बिस्तारै रेडियोमा पनि स्वास्थ्य कार्यक्रम चलाउदै गर्दा गर्दै समय बित्दै गयो अनि स्वस्थ्य कर्मी बन्ने म  पछि रेडियोकर्मी भए ।

पहिलो पटक रेडियोको स्टूडियोमा बसेर बोल्दै गर्दा कस्तो महसुस भएको थियो ?

-धेरै डर लाग्यो कतै मैले बोल्दै गर्दा बोल्नु पर्ने कुरा गर्दा गर्दै बिराउने त होइन भन्ने ? कतै बोल्दा बोल्दै रोकिने त होइन ?आदि प्रश्नहको मलाई डर थियो ।  मनै देखि इच्छा रहर पनि थियो रेडियोमा मेरो आवाज सुनाउनु र त्यो काम म पहिलो पटक गर्न पाउदा खुसी पनि थिए । बोल्दै गर्दा डर र मन भित्रको एउटा मज्जा भिन्नै थियो जुन ब्यक्त गर्न सकिदैन ।

तपाईँको अनुभवमा ग्रामीण स्तर सम्म रेडियोको माध्यमले कस्तो खालको सहयोग भए जस्तो लाग्छ ?

-ग्रामीण क्षेत्रमा रेडियो एउटा सूचना सञ्चारको प्रमुख माध्यम बनेको छ । ग्रामीण क्षेत्रमा बस्ने सबैको पहुचमा रेडियो रहेको छ । सबै ठाउमा टेलिभिजन पुगेको छैन भने सबै ठाउमा पत्रपत्रिका पनि जादैनन् । सबै गाँउमा विधुतीय  करण नहुनु जस्ता समस्याहरुले पनि रेडियोको महत्त्व अझ बढेको छ ।विश्वमा  छिनछिनमा हुने ठुलाठुला घटनाहरु आप्नै घरको सानो रेडियोले जानाकारी दिने भएपछि सूचना संञ्चारमा हाम्रो ग्रामिण  समाजले फडको मारेको छ । अर्को तर्फ रेडियोले समाजमा धेरै परिर्वतन पनि ल्याएको छ । रेडियोले सामान्य भन्दा सामान्य समस्यादेखी जटिल समस्याहरु पनि उठाउदै,कतिपय समस्याहरूको निराकरण गरी दिएकोले पनि रेडियोको गरिमा र महत्व अझ प्रगाढ भएको छ ।

एउटै रेडियोमा यतिका समय काम गर्दा कहिलेकाहीँ बोर लाग्दैन ?

-धेरै खाए गुण पनि तितो हुन्छ भन्छन् तर मलाई त्यस्तो लागेन । आफूले गर्ने काम आफूलाई कहिले पनि ठिक लाग्दैन । अरूले गरेको काम गर्न पाए हुन्थ्यो,त्यो काम कति सजिलो हुन्थ्यो होला भन्ने जस्ता सोचाइले मलाई कहिलेकाही सामान्य बोर लाग्छ तर एकै ठाउँ यतिका समय बित्यो भनेर कहिले पनि बोर लागेन । बरु कहिलेकाही गर्भ गर्छु कि यति धेरै समयसम्म एउटै मिडियामा आफूलाई स्थापित गराउन सफल भएकोमा ।

जिल्ला स्तरमा रेडियो सञ्चालनमा र त्यहाँका आरजेहरुलाई खासगरी महिला आर .जे लाई कस्तो खालका चुनौती छन् जस्तो लाग्छ ?

-जिल्ला स्तरमा रेडियो चलाउनु वा संञ्चालन गर्नु चुनैती त धेरै नै छ्न । जस्तो कि आर्थिक समस्या , राजनैतिक समस्या , जनशत्तिको समस्या , लोडसेडिङ्गको समस्या लगाएताक विभिन्न चुनैती छ्न नै तर ती चुनैतिको वाझजुद पनि रेडियो संञ्चालन भइरहेका छ्न । अर् को महिलाको हकमा पनि चुनौती पक्कैपनी छन् नै महिलाहरूलाई हाम्रो समाजमा महिला भनेर हेप्ने चलन बिस्तारै हटेपनि महिला पनि पुरुष बराबर काम गर्न  सक्दैनन् भन्ने शङ्का गरेको देखिन्छ तर काम गरी सकेपछि विश्वास गर्ने वातावरण पनि बन्दै जान्छ र बनेको पनि छ ।

महिलाहरुलाई यो क्षेत्रमा कत्तीको सहज छ जस्तो लाग्छ ?

-मिडिया क्षेत्र आफैमा जटिल पेसा हो । अझ महिलाहरूको लागी मिडिया क्षेत्रमा चुनैती पक्कै छ्न , तर ती चुनैती सामाना गर्न सक्ने सामर्थ्य पनि महिलामा हुनु पर्छ र छ पनि ।

तीज कत्तिको मनाउनुहुँछ ?

महिलाहरुको महान पर्व हो नमनाउने त कुरै भएन ।  मलाई रमाइलो लाग्छ, मैले अगिनै भने म नाच्न  रुचाउने मान्छे भनेर तीज मलाई विशेष मन पर्छा  ।

तीजमा आएका विकृतिलाई तपाई के भन्नु हुन्छ?

पर्व एउटा संस्कृति सँग जोडिएको हुन्छ तिज मात्र होइन अहिले सबै पर्वहरु  भडकिलो बन्दै गएका छन् । आफ्नो औकात हेरेर भन्दा पनि अरूको देखासिकी गरेर मनाउने प्रबृति समाजमा विद्यमान छ । यसलाई सबैले ख्याल गर्नु पर्ने विषय हो ।