इजरायलमा नेपाली राजदूत डा. अञ्जन शाक्य सम्मानित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इजरायलमा नेपाली राजदूत डा. अञ्जन शाक्य सम्मानित



काठमाडौं– इजरायलको स्वतन्त्रता दिवसको अवसरमा ​एम्बेसडर क्लब अफ इजरायलकले नेपाली राजदूत अञ्जन शाक्यलाई ‘एम्बेस्डर अफ इयर’ बाट सम्मान गरेको छ । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एशियाकै पहिलो राजदूत हुन् ।

एम्बेसडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले सम्मान गने जनाएको छ । इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो ।

यसैगरी इजरायलका लागि नेपालका राजदूत डा. शाक्यको संयोजकत्वमा नेपाल इजरायल चेम्वर अफ कमर्श र इजरायल एसिया चेम्बर अफ कमर्शका बीच दुई देश बीच व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, उर्जा आदी क्षेत्रहरुमा व्यापार व्यवसाय गर्ने गरी सम्झौता समेत भएको छ ।

जेठ ८ गते बिहीवार सम्पन्न उक्त सम्झौतामा नेपाल इजरायल चेम्बर अफ कमर्शका तर्फबाट अध्यक्ष शिशिर भट्ट र ईजरायल एशिया चेम्बर अफ कमर्शका तर्फबाट द्वितीय उपाध्यक्ष अनात बर्नस्टेनले हस्ताक्षर गरेका थिए। उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन नेपाली राजदूतावासबाट सम्पन्न भएको थियो ।

राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरे र सहचारी प्रदीप सागर गिरीले भिडियो कन्फरेन्सको व्यवस्थापन लगायत अन्य सम्पूर्ण व्यवस्थापन गरेका थिए । यसरी अनलाईन जुम वेविनारबाट सम्झौता भएको सम्भवत यो नै पहिलो कार्यक्रम हो ।

उक्त कार्यक्रममा नेपाल र ईजरायलका तर्फबाट करीब सय भन्दा बढी उद्योगी व्यापारीहरुले सहभागीता जनाएका थिए । उक्त समारोहमा राजदूत डा. शाक्यले दुवै देशमा प्रचुर मात्रामा व्यापार व्यवसायको अवसर भएको हुनाले अब लकडाउन खुलेपछि एक अर्काको देश भ्रमण गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कार्य अघि बढाउन अनुरोध गरेकी थिइन् ।

राजदूत डा. शाक्यलाई केही दिन अघिमात्र यो बर्षको “Ambassador of the year” अवार्ड बाट सम्मानित भएको घोषणा गरिएको थियो । इजरायलमा रहेको ९० देशको राजदूतावासहरुले डा. शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले यो बर्ष डा. शाक्य उक्त अवार्डबाट सम्मानित भएकी हुन्।