अर्घाखाँचीमा झण्डै एक करोडको लगानीमा दुई रेडियो खुल्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीमा झण्डै एक करोडको लगानीमा दुई रेडियो खुल्दै



घनश्याम पौडेल अर्घाखाँची, २१ भदौ

जिल्लामा दुई ओटा रेडियोहरु सञ्चालनमा आउने भएका छन् । दुइ रेडियो खुलेपछि रेडियो संख्या ६ पुग्ने भएको छ । नयाँ रेडियोको दर्ता पक्रिया सकिएकोले दशैं वा तिहार अघि नै रेडियोहरुले परिक्षण प्रशारण सुरु गर्ने गरि तयारी थालेका छन् । नागरिक जागरण अभियान द्वारा रेडियो पाणिनि र रुपान्तरणका लागि आवाज नामक सस्थाबाट रेडियो सगर्व सञ्चालन हुँदैछन् । दुबै रेडियोहरु पाँच सय वाटमा प्रशारण हुँदैछन् ।

पाणिनि ९०.६ मेगाहर्जमा र सगर्व ९५.२ मेगाहर्जमा प्रशारण हुने बताइएको छ । एक रेडियो स्थापना गर्न करिव ४० देखि ४५ लाख लागानी लाग्ने सञ्चालकहरु बताएका छन् । रुपान्तरणका लागि आवाजका सचिव गणेश खनालले समान खरिदको लागि पक्रिया अघि बढाइसकिएकोले छिट्टै प्रशारण हुने बताए ।

नागरिक जागरण अभियानका सचिव अर्जुन भुसालले दर्ताको पक्रिया पुरा भएकाले अब रेडियो जडानको काम थाल्ने बताए । उनले संभव भए सम्म दशै अघि नै प्रशारण थाल्ने बताए । जिल्लामा एकै पटक दुइ ओटा रेडियो खुल्ने प्रचलन रहेको छ ।

पहिलो चरणमा रेडियो देउराली र अर्घाखाँची, दोस्रो चरणमा सुर्योदय र नयाँ एफएम सञ्चालनमा आएका थिए । तेस्रो चरणमा पाणिनि र सगर्व प्रशारणमा आउने पक्कापक्की भएको छ ।