अर्घाखाँची बस दुर्घट्ना (अपडेट-नामावली सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँची बस दुर्घट्ना (अपडेट-नामावली सहित)



घनश्याम पौडेल/सन्धिखर्क, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ सापडाडाँ भन्ने ठाउँमा शुक्रबार विहान बस दुर्घटना भएको छ । करिब ७० जना सवार रहेको वस दुर्घटना हुदाँ क्षती कम भएको छ । प्राकृतिक भुगोलको कारणले क्षती कम भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए ।

अर्घाखाँचीको डाँडाकटेरीबाट रूपन्देहीको बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस सापडाँडामा करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । शुक्रबार विहान साढे आठ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने ४७ जना घाईते भएका छन । मालारानी गाउँपालिका २ का १० वर्षिय अभियान आचार्य र गुल्मी नयगाउँको ३६ वर्षिय सुन्तली विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर ८ जनालाई उपचारका लागी हेलीकप्टर मार्फत काठमाडौं लगिएको छ ।

गम्भीर घाईतेहरु मालारानी २ निवासी ३८ वर्षिय यमकला भुसाल, गुल्मी धुकोट निवासी ५५ वर्षिय शोभे सार्की, सनपा ११ निवासी ५२ वर्षिय शान्ता भुसाल, सनपा ११ निवासी ५० वर्षिय गोमा बस्याल, मालारानी २ निवासी २० वर्षिय कृष्ण कुबँर, मालारानी ३ निवासी ३४ वर्षिय इन्दीरा आचार्य, मालारानी २ निवासी १८ वर्षिय भानुभक्त आचार्य र ठेगाना नखुलेका ६७ वर्षिय भद्रकला भट्टराईलाई काठमाडौं रिफर गरिएको हो ।
टाउकोमा चोट लागेका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ हस्पिटलमा रिफर गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले भने ‘गम्भिर खालका घाइतेहरुलाई थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाएका छौ,घटना भएको तत्काल सबै जना उद्धारमा लाग्यौ स्थानीय ,नेपाल प्रहरी ,नेपाली सेना तथा विभिन्न समितिका गाडिहरु परिचालन गरेर जतिसक्दो छिटो घाइतेलाई उपचारको व्यवस्था मिलाएका थियौ । ’

घाईते ३७ जनालाई सन्धिखर्कमा सामान्य उपचार पछी वुटवल रिफर गरिएको हो । दुई जना सामान्य उपचार पछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

दशैमा आफ्नो घरमा आएका अधिकाँश यात्रु सो बसमा चढेका थिए । घटनाको खबर पाउना साथ इलाका प्रहरी कार्यालय खनको प्रहरी टोली, स्थानिय बासिन्दा घटनास्थलमा पुगेर उद्दारगरी एम्बुलेन्स तथा अन्य उपलब्ध सबारी साधनले घाइतेलाई अर्घाखाँची जिल्ला अस्पताल ल्याउन सहयोग गरेका थिए । दुर्घट्नाको कारण क्षमता भन्दा बढी यात्रु हुँदा भनेता पनि प्रमुख खुल्न सकेको छैन् तर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।