बैङ्कहरुका एटीएम ठप्प: राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बैङ्कहरुका एटीएम ठप्प: राष्ट्रबैङ्कले डाक्यो आकस्मिक बैठक



काठमाडौं । बैङ्कहरुका एटीएम नचलेपछि राष्ट्र बैङ्कले बैङ्कर्सहरुलाई आकस्मिक बैठकमा बोलाएको छ । राष्ट्र बैङ्कका अनुसार नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न बैठक डाकेको हो ।

बैङ्कको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएपछि अधिकांश बैङ्कहरुको एटीएममा समस्या देखिएको छ।

परिसरले शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेका थियो। पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमूख उत्तमराज सुवेदीले राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आएको बताए ।