अस्ट्रेलियाको निर्वाचनमा नेपाली युवाले दिए उम्मेदवारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अस्ट्रेलियाको निर्वाचनमा नेपाली युवाले दिए उम्मेदवारी



अस्ट्रेलिया– अस्ट्रेलियाको स्थानीय तहको निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् ।

आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि ति युवाले आफ्नो उम्मेदवारी दिएको बताइएको छ ।

दुई छोरी र श्रीमतिका साथ अस्ट्रेलियामा बसोबास गर्दै आएका एकराज अधिकारी अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारी दिएका हुन् ।

एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएको भिडियो मार्फत जानकारी दिएका छन् ।

एक दसक भन्दा बढी अस्ट्रेलियामा बसिरहेका अधिकारी सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको बताइएको छ ।

अधिकारीले टुउम्बा परिषदमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिएका छन् ।

उनले उम्मेदवारी दिएपछि एक भिडियो जारी गर्दै टुउम्बा राज्यको विकासका लागि युवा सहभागितालाई प्रोत्साहित गर्न आफू लागि पर्ने पनि जनाएका छन् ।