प्रहरीले रोक्यो बालविवाह : बीच बाटोबाटै फर्कियो जन्ती - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरीले रोक्यो बालविवाह : बीच बाटोबाटै फर्कियो जन्ती



बैशाख २४ कपिलवस्तु

 

प्रहरीले हस्तक्षेप गरेपछि बालविवाह रोकिएको  छ । कपिलवस्तु १२ सौराहाको अकरवरपुर गाउँमा बालविवाह हुन लागेको सूचनापछि पुगेको प्रहरीको टोलीले विवाह रोकेको हो ।

गाउँका लक्ष्मण यादवले १४ बर्षीया छोरी सञ्जु यादवको कृष्णनगर १२ हथियागढका युवासँग विवाह तय गरेका थिए । शुक्रबार दिउँसो प्रहरी पुग्दा विवाहको तयारी चल्दै थियो । बाविवाह गराएको आरोपमा बाबुलाई प्रहरीले नियन्त्रणमा लियो ।

यो कुरा बेहुलासहित जन्तीले थाहा पाएपछि बाटेबाटै उतै फर्किए र विवाह रद्द भयो । विवाह तयारी गरिरहेका छरछिमेक पनि प्रहरी देखेपछि भागेका थिए । आजको कान्तिपुरमा खबर छ ।