बागलुङका दुई स्वस्थ्यकर्मीमा कोरोनाको आशंका: स्वाब परीक्षण हुँदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बागलुङका दुई स्वस्थ्यकर्मीमा कोरोनाको आशंका: स्वाब परीक्षण हुँदै



रासस- कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ ।

दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र एक निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको शङ्कास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

गुरौंका अनुसार कोरोना लक्षण देखिएका निजी क्लिनकमा काम गर्ने स्वास्थ्यकर्मी र धौलागिरि अञ्चल अस्पतालका एक चिकित्सकको स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना सङ्क्रमितको उपचार गरेको अस्पतालका चिकित्सकलाई नै लक्षण देखिएका कारण तुरुन्दै स्वाब परीक्षणका लागि पठाइएको हो ।

चिकित्सकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको र अर्का स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।

“सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिँदा निकै भयभित भएका थियौं”, गुरौंले भने, “डाक्टरलाई कोरोना देखिएको छैन, तर सर्तकता अपनाउन निकै जरुरी छ ।”