बहराइनमा बृहत "बहुजातिय सांस्कृतिक साँझ २०१७" ११ अगस्टमा हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

 बहराइनमा बृहत “बहुजातिय सांस्कृतिक साँझ २०१७” ११ अगस्टमा हुने



बहराइन

नेपाल आदिबासी जनजाति महासंघ बहराइनको आयोजनामा बहुल जातीय सास्कृतिक साझ हुने भएको छ | महासंघ बहराइनले यहि ११ अगस्त २०१७ का दिन बिस्व आदिबासी जनजाति दिबसको अबसर पारेर ‘बहुल जातीय सास्कृतिक साँझ’को आयोजना गर्न लागेको हो |

बहराइनमा प्रथमपटक नेपाल आदिबासी जनजाती महासंघ बहराइनको आयोजना र बहराइनमा स्थापित विभिन्न जातीय संस्थाहरुको प्रत्यक्ष संलग्नता र सहकार्यमा हुन लागेको उक्त सास्कृतिक साँझमा नेपाल र नेपालिहरुको पहिचान र अस्तित्वलाई केन्द्रबिन्दुमा राखेर विभिन्न जातिको पहिचान झल्कने प्रस्तुति साथै राष्ट्रिय भावनाले ओतप्रोत भएका बिभिध मनोरंजनात्मक साँगितीक उत्कृष्ट कार्यक्रम पस्कने संघले जनाएको छ |

बहुल जातीय सास्कृतिक साँझ आयोजनाको प्रमुख उदेश्य भनेको नेपालका आदिबासी जनजातिहरुको मौलिक भाषा, लिपि, धर्म, सस्कार, सस्कृति, भेष भुषा, परम्परा र रितिरिवाज जस्ता राष्ट्रिय गौरबका पहिचान जनित बस्तुहरुलाई संरक्षण र सम्बर्धन गर्नु नै हो महासंघले भनेको छ | बहराइनलाई कार्यथलो बनाइ कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाएका उत्कृस्ट कालाकारहरुको संयोजनमा हुने धमाकेदार साँझामा आगान्तुक कलाकार भने नल्याइने भएको छ |

यसको उदेस्य यहाका राम्रा कलाकारहरुलाई प्राथमिकता दिनु पनि हो | संघले महासंघमा आबद्ध रहेका ६ ओटै जातीय सस्थाबाट आ आफ्नो पहिचान झल्कने खालको बेजोडको प्रस्तुति दिने र अन्तराष्ट्रिय कलाकार समाज बहराइन, अन्तराष्ट्रिय कलाकार मंच बहराइनलाई एक धमाकेदार प्रस्तुतिको आग्रह गरेको छ | संघले प्रस्तुति हेरी कार्यक्रममा भाग लिने गायक कलाकारलाई छनोट गरि प्रस्तुति दिने समेत जनाएको छ | साथै कार्यक्रमलाई थप रंगिन र मनोरन्जनात्मक बनाउन बहराइनमै पहिलो पल्ट मिथिला र नेवारी सास्कृतिलाई समेत जोड्ने हरदम प्रयास गरिने भएको छ |

साथै महासंघले बहराइनमा अस्तित्वमा रहेका सबै सामाजिक संघ संस्था, बैचारिक संघ संस्था, जातिय संघ सस्था, ब्यापारी, समाजसेवी, बिद्दीजिबी, अग्रज भद्रभलादमी, पत्रकार लगाएत राष्ट्र, राष्ट्रीयता र नेपालको पहिचान र अस्तित्वलाइ माया गर्ने सम्पुर्ण बहराइनबासी दाजु भाइ तथा दिदी बहीनिहरूलाइ हार्दिक अनुरोध समेत गरेको छ ।

तपसिल

कार्यक्रम हुने स्थान ~ वांगसांगथाइ रेस्टोरेन्टको सभाहल, अदलिया

मिती ~ ११ अगस्त २०१७

समय ~ ठिक साँझ ५:३० देखी १० बजे सम्म