बहराईनमा दुई नेपाली युवाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बहराईनमा दुई नेपाली युवाको मृत्यु



बहराइन /भदौ ५ 

आफ्नो देशमा उचित रोजगारीको व्यवस्था नहुदा लाखौँ नेपाली युवा युवती वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक जान बाध्य छन्उ ।उचित शिक्षा हासिल गरेका युवा युवती पनि भनेजस्तो जागिर नपाएर कौडीको भरमा विदेशमा आफ्नो श्रम बेच्न बाध्य छन् ।बिदेशिएका ती लाखौँ लाख युवायुवतीको एउटै लक्ष्य भनेकै राम्रो पैसा कमाउला , आफ्नो परिवारलाई सुख दिउला इत्यादि धेरैले देख्ने यस्तो सपना बाचेर घर फर्के भने त पूरा होला तर काठको बाकसमा फर्किनु पर्‍यो भने त्यस्तो अवस्थामा परिवार अनि आफन्तमा के बित्ला ?

त्यस्तै भएको छ बहराइनको यो मरुभूमि मा , केही दिनको अन्तरालमा २ जना नेपाली युवाहरूले अकाल मै ज्यान गुमाउनु पर्‍यो। मोरङ हरैचा नगरपालिका वडा न.१ बिराटचोकका दिपेश इजम लिम्बुको गत अगस्ट १२ तारिख बहराइनको सल्मानिय कम्प्लेक्समा निधन भएको थियो । बहराइनको डेल्मन रेडिमिक्स कम्पनीमा कार्यरत इजम साधारण टाउको दुखेको भनी उनलाई हस्पिटल भर्ना गरिएको थियो तर गत १२ अगस्ट शनिवार उनको निधन भएको जानकारी हामीलाई प्राप्त भएको थियो। उनको मृत्यु को ठोस कारण अझै पनि थाहा हुन सकेको छैन ।

त्यस्तै बहराइनको सर्कल भन्ने कम्पनीमा कार्यरत ताप्लेजुङ फाकुम्बा गा.बि.स. वाड नम्बर २ , घोरेटार घर भएका प्रदिप वनेम लिम्बुको अगस्ट २१ तारिख बिहान ५ बजे सल्मानिया कम्प्लेक्समा मै  निधन भएको कुरुवा बसेका छिमेकी देउमान वनेमले टेलिफोन मार्फत जानकारी दिए  । प्रदीप वनेमको मृत्युको कारण भने माछाको काडा अड्किएर लगातार रगत वान्ता गरेपछि उनलाई उपचारको लागि बहराइनका विभिन्न हस्पिटलमा लगिएको थियो। कतै पार नलागेपछि अन्तमा उनलाई सल्मानिय कम्प्लेक्स (सरकारी अस्पताल ) मा भर्ना गरिएको थियो। धेरै रगत वान्ता भएका कारण शरीरमा रगतको मात्रा कम्ती भएको थियो र उनलाई ४ पौन रगत समेत दिइएको थियो। अगस्ट २० तारिख राति उक्त कुरा थाहा पाउना साथ बहराइनमा कार्यरत नेपालीहरू उनको उपचारमा मद्दत गर्न साथै उनलाई रगत दिनको लागि पनि जुटिसकेका थिए , तर अचानक अगस्ट २१ तारिख बिहान ५ बजे उनको निधन भएको खबर पाए सँगै बहराइनका नेपाली समुदाय यतिखेर स्तब्ध बनेको छ । उनको मृत्युुको कारण धेरै रगत वान्ता गरी शरीरमा रगतको मात्रा कम्ती भएकाले हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

जन्म पछि मृत्यु कटु सत्य हो। संसारिक नियम पनि हो तर अनेकौँ सपना बुनेर आफ्नै पैसामा आफैँ बिकेर परिवार अनि आफ्नो सुन्दर भविष्य खोज्दै विदेश पलायन हुने युवा युवती को अकाल मै मृत्यु हुनु सार्है नै दु:खद कुरा हो। भरखरै नेपाल सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कार्यरत नेपाली हरुको भवितव्य निधन भएमा क्षतिपूर्ति बापत नेपाली १८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। त्यो १८ लाखले मृतकको काज किर्या लगायत केही उनीहरूको परिवारको आवश्यकता त पूरा होला तर रित्तिएको आमाको काखले शान्ति पाउला त ? त्यसैले नेपाल सरकार सँग अनुरोध छ, विदेशमा ज्यान गुमाउने लाई १८ लाख होइन स्वदेशमा नै आनन्दले १८०० सयको जागिर गर्न सक्ने वातावरण मिलाइदेउ , मृत आत्माको शान्तिको कामना गर्दछौँ , साथै शोकाकुल परिवार मा धैर्यधारण गर्ने शक्ति मिलोस ।