बैतडीको आकाशमा तीन फन्को मारेर फर्किए देउवा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बैतडीको आकाशमा तीन फन्को मारेर फर्किए देउवा



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको आकाशमा तीन फन्को मारेर फर्किएका छन् । बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेर उनले आकाशमा तीन फन्को मारेका थिए ।

गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेल्धुरा प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अनुगमन गरेका छन् ।

आकाशमा तीन चक्कर लगाएर अनुगमन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिसँग भेट गरी डडेल्धुरा प्रथान गरेका छन् । देउवाले करिब २० मिनेट जति स्थानीयसँग भलाकुसारी गरेको बताइएको छ।

प्रधानमन्त्रीज्यूले बढीमा ३ मिनेट मात्रै सम्वोधन गरेका थिए । हाम्रा समस्याका बिषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा देउवाले राखेका थिए । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री देउवा त्यहाँबाट फर्किएका थिए ।

प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याबारे ज्ञापनपत्र बुझाएका छन् ।वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडको करिब २ सय रोपनी धानखेत बगरमा परिणत भएको छ भने ५ घर भत्किएका छन् ।