सरकारले भन्यो: सर्वदलीय बैठक बोलाइएको छैन, बाहिर भएको हल्ला सत्य होइन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सरकारले भन्यो: सर्वदलीय बैठक बोलाइएको छैन, बाहिर भएको हल्ला सत्य होइन



काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले सर्वदलीय बैठक नबोलाएको बताएका छन् । त्यतिमात्र होइन उनले सर्वदलीय बैठक बोलाउने विषयमा कुरा पनि नभएको बताएका छन् ।

उनले समाचार कसरी आइरहेका छन् भन्ने अचम्ममा परेको समेत बताएका छन् । यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान ९:३० बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो ।

तीन तहको चुनाव र त्यसमा देखिएको कानुनी संकटका विषयमा छलफल हुने भनिएको थियो । तर, प्रधानमन्त्री सचिवालय र मन्त्रीबीच कुरा बाझिएको छ ।