यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय



काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छपाइ भएर प्रकाशन र चलनचल्तीमा नआएका हुलाक टिकट र हुलाक स्टेसनरीहरू प्रयोगमा नल्याइने बताए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

१. संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरवलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने ।

२. कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।

३. भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने ।

४. कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाट नगरपालिका र कैलालीको गोदावारी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

५. विभिन्न समयमा छपाइ भएका प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलकका स्टेसनरीहरू प्रचलनमा नल्याउने कानुनबमोजिम नष्ट गर्न स्वीकृत दिने ।

५. स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

६. लोकसेवा तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने ।